देशभर ४६८२ कोरोना परीक्षणमध्ये ६६० मा संक्रमण पुष्टि

कोरोना अपडेट नेपाल

काठमाडौं : पछिल्लो २४ घण्टामा ६६० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ९४२ पीसीआर र २ हजार ७४० जनाको एन्टीजेन परीक्षणका क्रममा ६६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ४४४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७२ हजार ६४ पुगेको छ। उक्त अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९७१ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल ५ हजार ६४१ जना सक्रिय संक्रमित छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार