आईफोनको क्रोममा रहेको क्यास यसरी हटाउनुहोस् ?

iphone icon

काठमाडौं : तपाईंको सहयात्रीका रूपमा रहेको आईफोनले तपाईँका लागि धेरै काम गरिदिएको हुन्छ । बिहान उठ्दा तपाईँका प्रिय व्यक्तिलाई मेसेज पठाउनदेखि लिएर विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने सामाजिक सञ्जाललाई व्यवस्थापन गरेको हुन्छ ।

तपाईंले यसरी दैनिक वेब ब्राउजिङ गरेर क्यास फाइल बढ्दै गइरहेको हुन्छ, जसले तपाईंको आईफोनलाई स्लो बनाइरहेको हुन्छ ।

तपाईंले आईफोनमा क्रोम, सफारी वा अन्य कुनै ब्राउजर प्रयोग गरिरहँदा केही समयपछि फोन अव्यवस्थित हुँदै गएको हुन्छ । ब्राउजरमा जम्मा भएको क्यास फाइल हटाउँदै जानुभयो भने त्यसले वेब ब्राउजरको स्पीड बढाउँछ ।

तपाईंले आईफोनमा प्रयोग गरिएको ब्राउजरमा क्यास फाइल हटाउने गर्नुभयो भने वेब ब्राउजरको स्पीड त बढ्छ नै, साथै त्यसको स्टोरेज पनि व्यवस्थित हुन्छ ।

क्यास क्लियर गर्नु भनेको तपाईंले ब्राउजरमा भएका डेटा हटाउनु हो । सामान्यतः तपाईंले फोन वा कम्प्युटरमा कुनै पनि वेबसाइट भिजिट गर्नुभयो भने ब्राउजरले थुप्रै जानकारी जस्तै; फोटो, ब्यानर र अन्य डेटा डाउनलोड गरेको हुन्छ ।

तपाईंले सर्च गरेका विवरण अर्को पटक हेर्न सहज र छिटो होस् भन्ने आशयले विभिन्न इन्टरनेट ब्राउजरले डेटा क्यासका रूपमा भण्डारण गरेको हुन्छ ।

यसले केही अवस्थामा सहयोग पुर्‍याएको हुन्छ भने कतिपय अवस्थामा बेर्थै हुन्छ । तपाईंलाई दैनिक आवश्यक पर्ने डेटा भण्डारण हुनु त ठीकै हो ।

तर, अनावश्यक तथा पुराना डेटा स्टोर खासै औचित्य हुँदैन । त्यसैले पनि यस्ता क्यास फाइल हटाइरहन आवश्यक पर्छ ।

यदि हटाउनु भएन भने सबैभन्दा पहिलो कुरा त तपाईंको वेब ब्राउजर ढिलो लोड हुन थाल्छ ।

त्यसपछि त्यसले तपाईंको फोनको स्टोरेज खपत गरेको हुन्छ । त्यसैले पनि महिना-महिनामा क्यास फाइल हटाउनुपर्ने हुन्छ । याद गर्नुहोस्, क्यास फाइल हटाएको खण्डमा तपाईंको अकाउन्ट विभिन्न वेबसाइटबाट लग-आउट हुन्छ ।

सफारीमा आईफोन क्यास यसरी हटाउनुहोस्

आईफोनमा सफारी एक डिफल्ट ब्राउजर हो, जसमा सजिलै क्यास फाइल हटाउन सकिन्छ । आईओएस ११ पछिका डिभाइसमा क्यास फाइल हटाउँदा तपाईं आईक्लाउड अकाउन्टबाट साइन आउट हुनुहुन्छ, जसले गर्दा तपाईंले पछि पुनः साइन इन गर्नुपर्ने हुन्छ । क्यास फाइल क्लियर गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

  • आईफोनमा सबैभन्दा पहिले सेटिङ एपमा जानुहोस् ।
  • त्यसपछि त्यहाँ लिस्टमा रहेको सफारीमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि एड्भान्समा गएर वेबसाइट डेटामा ट्याप गर्नुहोस् ।
  • त्यसपछि स्क्रोल गर्दै तल गएपछि क्लियर हिस्ट्री एन्ड वेबसाइट डेटा भन्ने अप्सन देख्नहुन्छ । त्यसपछि त्यही अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि रिमुभ नाउ (Remove Now) मा ट्याप गर्नुभयो भने तपाईं सफारीमा भएका क्यास फाइल हटाउन सक्षम हुनुहुन्छ ।

आईफोनको क्रोममा रहेको क्यास यसरी हटाउनुहोस्

आईफोनका लागि क्रोम पनि निकै परिचित ब्राउजर हो । यसमा क्यास फाइल हटाउने प्रक्रिया सफारीभन्दा केही लामो रहेको छ । क्रोममा रहेको क्यास फाइल यसरी हटाउनुहोस् ।

  • सबैभन्दा पहिले क्रोम एप खोल्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि रहेको तीनवटा डटमा ट्याप गर्नुहोस् ।
  • स्क्रोल गर्दै तल गएर सेटिङ अप्सनमा ट्याप गर्नुहोस् ।
  • अब प्राइभेसीमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि क्लियर ब्राउजिङ डेटाको अप्सनमा जानुहोस् ।
  • त्यहाँ तपाईँले कहिलेसम्मको डेटा हटाउने भन्ने डेट छान्न सक्नुहुन्छ ।
  • तर, याद गर्नुहोस् त्यसपछि कुकिज, साइट डेटा, क्यास्ड इमेज एण्ड फाइलजस्ता अप्सन छानिएको हुनुपर्छ ।
  • त्यसपछि क्लियर ब्राउजिङ डेटामा ट्याप गरी सबै क्यास डेटा हटाउन सकिन्छ । -टेकपानाबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार