सर्वोच्चले सच्यायो फैसला : अब देखी चेक अनादरको मुद्दालाई बैङ्किङ कसुर मानिने

चेक अनादरको मुद्दालाई बैङ्किङ कसुर मानिने

काठमाडौं : सर्वोच्च अदालतले गरेको चेक बाउन्सको मुद्दाप्रतिको फैसलालाई सच्याएको छ। अब देखी चेक अनादरको मुद्दालाई बैङ्किङ कसुर मानिने गरी सर्वोच्चले फैसला गरेको हो ।

तिन वर्ष अघि अर्थात् २०७६ असार ९ मा न्यायाधीश द्वय डम्बरबहादुर शाही र कुमार रेग्मीले गरेको फैसलालाई पुनरावलोकनमार्फत परिवर्तन गरिएको हो ।

यस अघि चेक बाउन्स हुनुलाई मात्रै बैङ्किङ कसुर नमानिने फैसला गरेको थियो । सो फैसलामा खातामा पर्याप्त रकम नभएको अवस्थामा पनि चेक काटी भुक्तानी लिने दिने कार्य सम्पन्न भए मात्रै बैङ्किङ कसुर हुने उल्लेख गरिएको थियो ।

अब न्यायाधीशहरू आनन्द मोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्ण इजलासले सो फैसलालाई सच्याउँदै चेक बाउन्स अब बैङ्किङ कसुर अन्तर्गत पर्ने भन्दै फैसला गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार