सुदूरपश्चिमेली नेपाली समाज मलेसिया जोहोर क्षेत्रिय समितिले मलेसियामा गौरा पर्व मनाउने

सुदूरपश्चिमेलीहरुको महान चार्ड गौरा पर्वको अवसरमा सुदूरपश्चिमेली नेपाली समाज मलेसिया तथा जोहोर क्षेत्रिय समितिको आयोजनामा सांस्कृतिक कार्यक्रम धुमधामसंग मनाउने भएको छ ।

मलेसिया : सुदूरपश्चिमेलीहरुको महान चार्ड गौरा पर्वको अवसरमा सुदूरपश्चिमेली नेपाली समाज मलेसिया तथा जोहोर क्षेत्रिय समितिको आयोजनामा सांस्कृतिक कार्यक्रम धुमधामसंग मनाउने भएको छ ।

सुदूरपश्चिमको कला,भाषा,साहित्य र संस्कृतिको संरक्षण सम्बर्द्धन गर्ने उदेश्यल‌े आयोजना गर्न लागेको गौरा पर्व तथा सांस्कृतिकमा स्थानीय कलाकार हरुको साथमा मनाउने गरि तयारीमा सिङ्गो समाज अघाडी बढिरहेको सुदूरपश्चिमेली नेपाली समाज मलेसिया,जोहोरबारु क्षेत्रिय समितिका अध्यक्ष तिलक बहादुर चंन्दले बताउनुभयो ।

सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली मुल नारा सहित गौरा पर्व तथा सांस्कृतिक मा स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति रहने छ ।

यसैगरी मलेसियामा हुदै आएका नेपाली सांस्कृतिक कार्यक्रम मा आफ्नो प्रस्तुती दिएर चर्चामा आएकि डान्सर साइली तामाङ ,गायक चोलाकान्ता बि क, चर्चित मोडल एव डान्सर सिमा बिक,मोडल बिकास मगर, गायक भक्त बिश्वकर्मा, मोडल सुरज बि.क गायक सुरेश हमाल, धर्मा साउँद ,मोहिनी मल्ल, ओम कला बि क लगायत एक दर्जन भन्दा धेरै स्थानिय कलाकार हरुको बेजोड प्रस्तुति रहने क्षेत्रिय अध्यक्ष तिलक बहादुर चंन्दले बताउनुभयो ।

यस्ता सांस्कृतिक कार्यक्रम हरुले धार्मिक, आस्था, आपसी सद्भाव र मलेसिया मा रहेका सुदूरपश्चिमेली नेपाली हरुलाई एक शुत्रमा ल्याउन मद्दत पुग्ने भएकाले बिभिन्न समय मा कार्यक्रम हरु आयोजना गर्दै आएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष दिनेश खड्का’खप्तडी’ले बताउनुभयो ।

सांस्कृतिक कार्यक्रमको प्रायोजक मलेसियाको जोहोरबारु सेनाई मा रहेको बम ईन्टरप्राईजेजन का सन्चालक युवराज बम ले गर्नुभएको छ ।

सेप्टेम्बर ४ तारिख आयोजना गर्न लागेको गौरा पर्व तथा सांस्कृतिक जोहोरबारु को लार्किङ बस पार्क नजिकै मा रहेको होटल श्री मलेशियाको सभा हलमा स्थानीय समय अनुसार बिहान १० बजेबाट कार्यक्रम सञ्चालन हुनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार