रानी जमरा सिँचाइ आयोजनाको विद्युत् गृह निर्माण कार्यको भौतिक प्रगति ९० प्रतिशत

रानी जमरा सिँचाइ आयोजना

कैलाली : रानी जमरा सिँचाइ आयोजनाको विद्युत् गृह निर्माण कार्य ९० प्रतिशत भौतिक प्रगति भएको छ । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरबाट चार मेगावट बिजुली उत्पादन गर्ने जलविद्युत् योजनाको निर्माण अन्तिम चरणमा पुग्न लागेको छ।

आयोजनाका इन्जिनियर तोपबहादुर खत्रीका अनुसार ९० प्रतिशत भौतिक प्रगति भइसकेको हाइड्रो पावरबाट चैत मसान्तभित्रमा बिजुली उत्पादन हुनेछ ।

उत्पादित ४.७१ मेगावट बिजुलीलाई नेसनल ग्रिडको लम्की स्टेसनसंँग जोडिनेछ । हाइड्रो पावर रहेको कटासेबाट लम्कीसम्मको दूरी साढे ६ किलोमिटर छ । विद्युतीय तार र ट्रान्समिसन लाइन तान्ने कामसमेत सम्पन्न भइसकेको इन्जिनियर खत्रीले बताए ।

भदौभित्रमा सम्पन्न गर्ने भए पनि प्राविधिक रूपमा केही समस्या पैदा भएकाले ६ महिनापछि धकेलिन पुगेको इन्जिनियर खत्रीले बताए। उनले ‘चैतभित्रमा बिजुली उत्पादन भइसक्ने बताउँदै हाइड्रो पावर निर्माण काम सम्पन्न भइ नसक्दा मूल नहरमा अझै पानी बगाउन नसकिएको जानकारी दिए।

हाइड्रो पावर रानी जमरा कुलरिया सिँचाइ आयोजनाको इनटेक बाँधदेखि १० किमि दूरीको मूल नहरको पानीबाट बिजुली निकालिँदै छ । यसको ठेक्का भारतको स्युटी र नेपालको टुडी कम्पनीले संयुक्त रूपमा लिएका छन् । आर्थिक वर्ष २०७१/२०७२ मा नेपाल सरकारले उक्त ठेकेदार कम्पनीसँग जलविद्युत् योजना निर्माणको ठेक्का सम्झौता १ अर्ब ९८ करोडमा गरेको थियो ।

हालसम्म आयोजनाले ८५ प्रतिशत खर्च भइसकेको जनाएको छ । उक्त योजनामा नहरबाट करिब साढे ७ मिटर तल पानी खसालेर ३ वटा टर्वाइनबाट बिजुली उत्पादन हुनेछ । इन्जिनियर खत्रीका अनुसार विद्युतीय प्रसारण लाइन लम्की सव स्टेसनसम्म पुर्‍याउने कार्यका लागि जग्गाको भोगाधिकार पाउन आईईसमेत स्वीकृत भइसकेको छ। त्यहाँ रहेका १५ रुख कटान गर्न बाँकी रहेको उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार