धनगढीमा कलाकारहरु प्रदीप खड्का, क्रिस्टिना गुरुङ र सन्तोष सेनलाई एसपीएको सम्मान

धनगढीमा कलाकारहरु प्रदीप खड्का, क्रिस्टिना गुरुङ र सन्तोष सेनलाई एसपीएको सम्मान

धनगढी : नेपाली चलचित्र क्षेत्रका प्रशिद्ध कलाकारहरु नायक प्रदीप खड्का, नायिका क्रिस्टिना गुरुङ र निर्माता सन्तोष सेनलाई धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजले सम्मान गरेको छ ।

एसपीए कलेजको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उहाँहरुलाई दोसल्लासहित सम्मानपत्रमार्फत सम्मान गरिएको हो । एसपीएको बीबीएस कार्यक्रम निर्देशक रघुनाथ जोशी तथा प्लस टू तथा एमएड कार्यक्रम निर्देशक रमेश जोशीले उहाँहरुलाई दोसल्ला र सम्मापत्रसहित सम्मान गर्नुभएको थियो ।

कलाकारिता क्षेत्रबाट देशका कला, संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कलाकारद्वय खड्का र गुरुङ तथा निर्माता सेनलाई सम्मान गरिएको हो । ‘कलाकार भनेको राष्ट्रका गहना हुन् । उहाँहरुको माध्यमबाट देशको कला संस्कृतिको उत्थान हुनुका साथै आम युवाहरु प्रेरित हुने गर्छन्,’ सम्मान कार्यक्रममा बीबीएस निर्देशक जोशीले भन्नुभयो, ‘सुदूरपश्चिममा आउनुभएको अवसरमा हामीले राष्ट्रका गहनालाई सम्मान गर्ने संस्कार बसालेका छौं । उहाँहरुले आगामी दिनमा थप युवा उप्रेरित चलचित्रमार्फत देशविकासमा योगदान पुर्याउँने विश्वास लिएका छौं ।’

सम्मान कार्यक्रममा कलाकारहरुले विधार्थीहरुसँग आफ्नो संघर्ष, जीवनउतार चढाव र उप्रेरित शब्दहरुसहित अन्र्तक्रिया गर्नुभएको थियो । सम्मानपछि बोल्दै नायक प्रदीप खड्काले एसपीए कलेजले गरेको न्यायो आथित्यताका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सयौं विधार्थीहरुसँग अन्र्तक्रिया गर्न पाउँदा हर्षित महसुस भएको बताउँनुभयो ।

देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको एसपीए कलेज अमेरिकामा हुने ग्रीन कलेज अवार्डको पनि मनोनयनमा परेको छ । झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । सुदूरपश्चिममा एकमात्रै आफ्नो होटल म्यानेजमेन्टको प्रयोगशाला भएको कलेज पनि एसपीएमात्रै हो । कलेजको आफ्नै बेकरी क्याफे सञ्चालनमा आउने तयारीमा समेत छ ।

टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरु गठन गर्दै विधार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् । कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार