फोटो पत्रकार महासंघ कैलालीद्वारा केन्द्रीय सचिव र सदस्यलाई सम्मान

नेपाल फोटो पत्रकार महासंघ कैलालीले दसैँ, तिहार छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

धनगढी : नेपाल फोटो पत्रकार महासंघ कैलालीले दसैँ, तिहार छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । शुभकामना आदानप्रदान सँगै नव निर्वाचित जिल्लाको टिमलाई प्रमाणपत्र पनि प्रदान गरिएको हो । महासंघ कैलाली शाखा अध्यक्ष दिनेश विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शाहले नव निर्वाचित जिल्लाको टिमलाई प्रमाणपत्र प्रदान गरेका थिए । यस्तै विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सचिव हरि जोशी, कैलाली जिल्ला अध्यक्ष हिमाल जोशी, पूर्व केन्द्रीय सदस्य दिल बहादुर छत्याल रहेका थिए ।

अतिथिहरूमा फोटो पत्रकार महासंघका केन्द्रीय सचिव विवेक नागरी, केन्द्रीय सदस्य वीरेन्द्र शाह, सुदूरपश्चिम अध्यक्ष धिरज कुँवर, महासचिव शंकर बोहरा, प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा, प्रेस सेन्टर कैलाली अध्यक्ष तेजराज भट्ट, प्रेस चौतारी कैलालीका सचिव जनक विष्ट, पर्यटन पत्रकार सघं कैलाली सचिव शेर बहादुर ऐर, फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य समीर प्र. भट्ट लगायत रहेका थिए ।

कार्यक्रमकै अवसरमा नेपाल फोटो पत्रकार महासंघको केन्द्रीय सचिवमा निर्वाचित विवेक नागरी र केन्द्रीय सदस्यमा निर्वाचित वीरेन्द्र शाहलाई सम्मान गरिएको थियो । महासंघ कैलाली सचिव राजकुमार साउँदले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष लोकु सिंह ठकुरीले स्वागत मन्तव्य राखेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार