SKIP THIS

S.P.A  Collage

नेपालमा पनि फेसबुक प्रयोगकर्ताहरु को लाखौं फ्लोअर प्रोफाइलबाट गायब

फेसबुकमा बग, प्रयोगकर्ताका लाखौँ फ्लोअर गायब

धेरैको फलोअरको सङ्ख्या पनि ९ हजारमा झरेको छ ।

फेसबुकमा बग अर्थात समस्या देखिएपछि धेरै प्रयोगकर्ताको लाखौँ फ्लोअर गायब भएको छ । बगका कारण यस्तो समस्या आएपनि कुन बगका कारण यस्तो समस्या आएको हो, त्यसको एकीन भएको छैन् ।

बगका कारण मेटाकै सिईओ मार्क जुकरबर्गको फ्लोअरको सङ्ख्या ९ हजार ९९३ मा झरेको छ । यसअघि जुकरबर्गको फ्लोअर संख्या ९ करोड रहेको थियो ।

जुकरबर्गको मात्रै होइन् अन्य फेसबुक प्रयोगकर्ताको पनि फ्लोअर संख्या हराएको छ । बगको कारण नेपालका पनि फेसबुकको प्रयोगकर्ताको लाखौं फ्लोअर प्रोफाइलबाट गायब भएको छ ।

एक्कासी फ्लोअर संख्या नदेखिएपछि यतिबेला सामाजिक सञ्जालमा यो चर्चाको विषय बनेको छ । धेरैको फलोअरको सङ्ख्या पनि ९ हजारमा झरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार