SKIP THIS

S.P.A  Collage

कैलाली अस्पतालले धनगढीको नास्ट कलेजलाई स्वास्थ्य सेवामा छुट दिने

कैलाली अस्पतालले धनगढीको नास्ट कलेजलाई स्वास्थ्य सेवामा छुट दिने

धनगढीमा रहेको कैलाली अस्पताल प्रा.लि ले धनगढी ईन्जिनियरिङ कलेज नेस्नल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) लाई स्वास्थ्य सेवामा छुट दिने भएको छ।

कैलाली हस्पीटलका अध्यक्ष जनकराज जोशी र नास्ट कलेजको तर्फबाट संस्थाका संचालक तथा प्रबन्ध निर्देशक शिवहरि मुडभरीले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

(नास्ट) ले कैलाली हस्पीटललाई बिरामी उपचारको लागी पठाउँदा संस्थाको पत्र र बिरामीको परिचय खुल्ने कागजातको प्रतिलिपि पेस गर्नुपर्ने बताईएको छ।

साथै सम्झौतामा सो संस्थामा अध्ययनरत सम्पूर्ण विद्यार्थी र विद्यार्थीका परिवारका सदस्य एवम् संस्थाका कर्मचारीहरु र परिवारलाई समेत समेटिने गरि गरिएको छ।

सम्झौता २०७९ आश्विन २७ गतेबाट लागु भई दुई वर्षको अवधि रहनेछ। उक्त सम्झौता कार्यक्रममा (नास्ट) तर्फबाट शिक्षाविद डा.प्रेम बहादुर चन्द (प्राचार्य), रमेश खडका, र कैलाली हस्पिटलका प्रबन्धक खगेन्द्र जोशीको समेत उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार