धनगढीमा अपाङ्गता र मानव अधिकार सवाल विषयक एक दिने छलफल (भिडियो)

धनगढीमा अपाङ्गता र मानव अधिकार सवाल विषयक एक दिने छलफल

धनगढी : धनगढीमा अपाङ्गता र मानव अधिकार सवाल विषयक एक दिने छलफल सम्पन्न भएको छ । शुक्रवार राष्ट्रिय अपाङ्गता महासंघ, नेपाल सुदूरपश्चिम प्रदेशको आयोजना तथा माईराईट्स र सिबिएम (क्रिश्चियन ब्लाइन्ड मिसन) को साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो ।

संघ, प्रदेश र स्थानीय तह स्तरमा रहेका विभिन्न सरोकारवाला निकायहरू र सरकारी निकाय बिच अपाङ्गता भएका व्यक्तिहरूको सेवा सुविधा, अधिकार र अवसरहरूमा पहुँच पुर्‍याउनको लागी समन्वय वकालत पैरवी गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय अपाङ्गता महासंघ, नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष मान व. साउँदले जानकारी दिए ।

राष्ट्रिय अपाङ्गता महासंघ, नेपाल सुदूरपश्चिम प्रदेशका सचिव नन्दराज भट्टले सञ्चालन गरेको कार्यक्रममा ईन्सेक कैलालीकी प्रतिनिधि मैनामती चौधरी, कैलाली जिल्लाका सहायक जिल्ला न्यायधिवक्ता शिभ प्रसाद कुँवर, स्विनन नेपालका हरिलाल चौधरी, मानवअधिकार आयोगका प्रतिनिधि गणेश राज जोशी, जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरीक्षक सरस्वती अधिकारी, पत्रकार समीर भट्टले कार्यक्रममा सो क्षेत्रमा आफ्नो कार्य अनुभव सहितको सुझाव राखेका थिए ।

 

यस्तै, राष्ट्रिय अपाङ्गता महासंघ, नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष मान ब. साउँदको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  प्रिया खड्काले अपाङ्गता र मानवअधिकार सवालमा तयार पारिएको प्रस्तुतीकरण राख्नुभएको थियो । उक्त कार्यक्रममा अपाङ्गता र मानवअधिकार का सवाल विभिन्न समस्या, चुनौती लगायतका विषयमा गहन छलफल भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार