धनगढीमा अपाङ्गता मैत्री यौन तथा प्रजनन स्वास्थ्य निर्देशिका अभिमुखीकरण (भिडियो सहित)

धनगढीमा अपाङ्गता मैत्री यौन तथा प्रजनन स्वास्थ्य निर्देशिका अभिमुखीकरण

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अपाङ्गता मैत्री यौन तथा प्रजनन स्वास्थ्य निर्देशिका माथि अभिमुखीकरण गरिएको छ । बिहीबार नेत्र हीन युवा संघको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

परिवार महाशाखाले नेत्र हीन युवा संघलाई सुरक्षित मातृत्व यौन तथा प्रजनन स्वास्थ्य बारे निर्देशिका निर्माण गर्ने जिम्मेवारी दिए पश्चात् युवाहरूले परिवार महाशाखाको सहकार्यमा निर्देशिका तयार गरेको र उक्त निर्देशिका माथि थप सुझाव संकलन, त्रुटि भए सच्याउन अथवा केही नयाँ विषय आए सो कुराहरू समेत निर्देशिकामा समावेश गर्न तथा अपाङ्गता भएका व्यक्तिहरूलाई निर्देशिका बारे जानकारी दिनको लागी उक्त अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था नेत्रहीन युवा संघ नेपालका कैलाली जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य अर्जुन रावलले जानकारी दिए ।

यस्तै, विगत लामो समय देखी अपाङ्गता भएका व्यक्तिहरू का विषयमा वकालत गरी राखेकी रुपा राईले निर्देशिका ल्याउनु अथवा निर्माण गर्नु राम्रो भएको र यसको अक्षर सं पालनाको माग गरेकी छन् ।

त्यस्तै, अर्का सहभागी वक्ता नेपाल अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका सचिव नन्द राज भट्टले यसमा छुटेका बुँदाहरू, स्पष्ट रूपमा अपाङ्गता भएका व्यक्तिहरूले पाउने सहायक सामाग्रीको उत्पादन, व्यवस्थापन र वितरण, अपाङ्गता भएका व्यक्तिहरूको सवालमा काम गर्न भनेर लागेका संस्थाहरूको समन्वयमा सरकारी पक्षले समन्वय गर्नै पर्ने, सुरुवाती चरणमा प्रादेशिक स्तरको अस्पताल सेती प्रादेशिक अस्पतालमा दोभासे अनिवार्य गर्नै पर्ने लगायतका विषयहरू निर्देशिकामा कार्यान्वयन हुने गरी समावेश गर्न आग्रह गरे ।

यस्तै, नेपाल अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष भीम बहादुर शाहले २० औँ वर्ष देखी अपाङ्गताका सवालमा वकालत गरिरहेको अनुभव सुनाउँदै जुन सुकै कार्यालयमा जाँदा पनि भौतिक संरचनाहरू पुराना भएकोले अपाङ्ग मैत्री नभएको जवाफ मात्रै मिल्ने गरेको बताए । शाहले पाँच वर्ष लगाएर निर्देशिका बनाउने प्रयास गर्ने सरकारले समावेश गरेका विषयहरू पनि कार्यान्वयन नगरी हुने छ , गर्ने छौँ, गर्नु पर्छ भन्दै टार्ने दाबी गरेका छन् । यो कुनै रिस रागले नभई स्पष्ट २० औँ वर्ष देखीको अनुभवले बताएको भन्दै उक्त निर्देशिका को कार्यान्वयन र निर्माण समेत सफल ढङ्गले हुनेमा शङ्का व्यक्त गरे ।

यसै गरी, परिवार कल्याण महाशाखामा कार्यरत पुष्पराज जोशीले अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ उहाँहरूको संविधानमा भएका अधिकारहरू प्रत्याभूत गराउन तथा अपाङ्गता मैत्री स्वास्थ्य संस्था के-कस्ता हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरूलाई बोलाउन अथवा पहिचान गर्न प्रयोग गरिने सम्मानजनक शब्दहरू के-के हुन् । लगायतका विविध विषयहरू समेटेर निर्देशिका तयार पारिएको र त्यसमाथि सुझा संकलन तथा छुटेका कुराहरू थप गर्न अभिमुखीकरण गरिएको बताए । उक्त कार्यक्रम बाट पनि सहायता कक्ष नभई अस्पतालहरूमा सूचना केन्द्र हुनुपर्ने तथा कार्यान्वयन राम्रो होस् भन्ने लगायतका सुझावहरू आएकोले ती विषय समेत निर्देशिकामा समेटिने जोशीको भनाई थियो ।

अपाङ्गता मैत्री यौन तथा प्रजनन स्वास्थ्य निर्देशिका माथि प्रस्तुतीकरण परिवार महाशाखाका पुष्पराज जोशीले गर्नु भएको कार्यक्रममा नेत्र हीन युवा संघका केन्द्रीय अध्यक्ष तथा धनगढी उप-महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल लगायत विभिन्न स्वास्थ्य संस्थाहरूमा आबद्ध स्वास्थ्यकर्मीहरू अपाङ्गता भएका व्यक्तिहरू लगायतका ७० जना बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

धनगढीमा अपाङ्गता मैत्री यौन तथा प्रजनन स्वास्थ्य निर्देशिका अभिमुखीकरण

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार