बझाङको जयपृथ्वी नगरपालिका ४ लाई नमुना वडा बनाउन पहल थाल्छु: वडाध्यक्ष खाती

बझाङको जयपृथ्वी नगरपालिका ४ का वडा अध्यक्ष ईश्वर बहादुर खाती

नरेन्द्र उपाध्याय/बझाङ: बझाङको जयपृथ्वी नगरपालिका ४ का वडा अध्यक्ष ईश्वर बहादुर खातीले वडाको विकास गर्न सबै पक्षसँग समन्वय गर्दै अगाडि बढ्ने बताएका छन् ।

सोधपत्र डटकम सँग कुरा गर्दै वडाध्यक्ष खातीले सो कुरा बताएका हुन् । उनले भने, ‘आफ्नो कार्यकालमा वडामा टडकारो रूपमा समस्याका रूपमा रहेको खानेपानी समस्या समाधान गर्न पहल गरिरहेको छु । वडा नॅ चारमा खानेपानीको समस्या धेरै छ । यो समस्याको स्थायी समाधानको लागि चनकिलीको खानेपानी आफ्नो कार्यकाल भित्रमा ल्याउन पहल गरिरहेको छु ।’

हाल वडाको गोलाई, जोशीवाडा लगायतका टोलहरूमा हिउँदको महिना खानेपानीको लागि सेती नदिको दूषित पानी पिउनु पर्ने बाध्यता छ । गोलाई ज्युलामा सिचाइको लागि पनि सेती नदी तथा वाउलीगाड वाट चैनपुर हुँदै नहर ल्याउन सके गोलाई ज्युलाको सिचाई समस्या समाधान गर्न सकिने उनको भनाई थियो । हाल वडाको मुख्य खेतीयोग्य जमिन गोलाई ज्युलामा सिचाइको लागि भरपर्दो स्रोत नहुँदा समस्या हुने गरेको छ । वडामा रहेका गोलाई गाड, ढाक्रे खोला, रुई नाडी खोला, छडिखोला लगायतका खहरे खोलाले वर्षे नि खेतीयोग्य जमिन तथा बस्ती नै जोखिममा पारिरहेको प्रसॅग उल्लेख गर्दै वडा अध्यक्ष खातीले खोलाहरूमा तटवन्धनकोलागि विभिन्न निकायसँग छलफल तथा समन्वय गरिरहेको बताए ।

वडामा स्वास्थ्यको सहज पहुँचका लागि वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्र सँगको समन्वयमा प्रत्येक महिना घर घरमा गएर स्वास्थ्य जाँच गराई रहेको उहाँको भनाई थियो । वडामा कला संस्कृतिको जगेर्ना, महिला, बालबालिका, दलित समुदाय, अपाङ्ग, तथा युवा लाई सिप सिकाएर आत्म निर्भर बनाउनको लागि विभिन्न वर्ग लक्षित कार्यक्रम ल्याउने भन्दै उहाँले छिटै लक्षित वर्ग कार्यक्रमहरू सार्वजनिक गर्ने उनको भनाई छ ।

वडामा रहेका सामुदायिक वन तथा वन उपभोक्ता समितिलाई पनि व्यवस्थित गर्दै लैजाने भन्दै वडा अध्यक्ष खातीले भने, ‘वडाको त्रिशक्ति सामुदायिक वनमा विविध कारणले लामो समय देखि उपभोक्ता समिति पुनरगठन नहुँदा आय व्यय पनि सार्वजनिक नभएको गुनासो आउन थालेको छ । अव नगरपालिकाको ५ नॅ वडा कार्यालयका अध्यक्षसँग समन्वय गर्दै छिटै पुनरगठन गरी वन संरक्षणका कार्यक्रमहरू पनि ल्याउने छु ।’

अबको ५ वर्षे कार्यकालमा वडामा शिक्षा स्वास्थ्य, सञ्चार, यातायात, विधुत, पानी लगायतका महत्त्वपूर्ण क्षेत्रमा विकासको लागि सवैसँग समन्वय गर्दै अगाडी बढ्ने भन्दै वडालाई नमुना वडा बनाउन आफ्नो कार्यकालमा वडावासीले विकास महसुस गर्न पाउने गरी काम गर्ने उहाँको प्रतिबद्धता थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार