SKIP THIS

S.P.A  Collage

जन्मकुण्डली जलाएर गरियो शताब्दी पुरुष जोशीको अन्त्येष्टि

जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।

पिताको इच्छाबमोजिम शरीर अस्पताललाई दान दिएपछि सत्यमोहन जोशीको जन्मकुण्डली शंखमूलस्थित बागमती घाटमा बेलुकी ६.१४ बजे जलाउॅदै जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशी।
पिताको इच्छाबमोजिम शरीर अस्पताललाई दान दिएपछि सत्यमोहन जोशीको जन्मकुण्डली शंखमूलस्थित बागमती घाटमा बेलुकी ६.१४ बजे जलाउॅदै जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशी।

१०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएका वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको जन्मकुण्डली जलाएर अन्त्येष्टि गरिएको छ।

आफ्नो शव अध्ययन निम्ति किष्ट अस्पताललाई बुझाउने जोशीको अन्तिम इच्छा थियो। त्यसैअनुसार अस्पताललाई शव दान गरेपछि जोशीका जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराजले आइतबार साँझ ६ बजेर १४ मिनेटमा शंखमूलस्थित बागमती घाटमा जन्मकुण्डली जलाएर अन्त्येष्टि गरेका हुन्।

जोशीका आत्मकथा लेखक गिरीश गिरीले आफ्नो ट्विटरमार्फत् अन्त्येष्टिको तस्बिर सार्वजनिक गरेका छन्।

उनका अनुसार जन्मकुण्डली जलाएपछि कागजको खरानी र जोशीका लुगाफाटा बागमती नदीमा सेलाइएका थिए। उक्त क्षण जोशीका दुई छोरा र आफू गरी तीन जना मात्र उपस्थित रहेको गिरीले उल्लेख गरेका छन्।

‘पुरानो कागज असाध्यै पक्का किसिमको भएकाले बाल्न कठिन भएको थियो,’ गिरीले ट्विटरमा लेखेका छन्, ‘खरानीलाई बागमती नदीमा सेलाइएको थियो।’

अन्त्येष्टि निम्ति जन्मकुण्डली जलाउनुअघि त्यसका प्रतिरूप निकालेर सुरक्षित राखिएको उनले लेखेका छन्।

जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो। उनले २०७७ माघ ३० गते नै ललितपुर महानगरपालिकाको रोहवरमा आफ्नो शरीर अध्ययनका लागि किष्ट अस्पताललाई दिन सम्झौता गरेका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार