SKIP THIS

धनगढी उप-महानगरपालिका

मञ्जन किन्दा तल चिन्ह हेरौं, नत्र जिन्दगीमा दाँतले दु:ख देला, कुन रङले के जनाउँदछ ?

मञ्जन किन्दा तल चिन्ह हेरौं, नत्र जिन्दगीमा दाँतले दु:ख देला

प्रायः हामी सबैले दिनहुुँ दाँत माझ्छौं । मुखको स्वास्थ्यलाई विशेष ध्यान दिने धेरैजसोले दिनको दुई पटक दाँत माझ्ने गरेका छन् । अहिले दाँत माझ्न प्रायः मञ्जन प्रयोग गरिन्छ ।

तर मञ्जनको गुणस्तर र रंगबारे हामीमध्ये धेरैजसो अनभिज्ञ हुन सक्छौं । विशेषतः चिकित्सकहरुले मञ्जन वा ट्युबको बाहिर उल्लेख गरिएको रङमा ध्यान दिन सुझाव दिएका छन् ।

हामीले मञ्जनको सबैभन्दा तल्लो भागमा राखिएको कलर कोडबारे कहिल्यै ध्यान दिएका छौं ? छैन भने यी विषयमा जान्नैपर्ने हुन्छ ।

कालो

टुथपेष्ट ट्युबको फेदमा रहेको कलर कोडको कालो रङ्ले उक्त मञ्जनमा केमिकल मात्र मिसाइएको संकेत गर्छ ।

रातो

रातो रङले ट्युबभित्रको मञ्जन प्राकृतिक र रासायनिक मिसावटबाट बनेको जनाउँछ ।

नीलो

नीलो रङको मञ्जनमा प्राकृतिक सामग्री र लाभदायक औषधि दुवै समावेश भएको अर्थ लाग्छ । यो टुथपेष्ट दाँतसम्बन्धी कुनै पनि प्रकारको रोग भएका व्यक्तिको निम्ति लाभदायक हुने भएकाले त्यस्ताले बढी प्रयोग गर्छन् ।

हरियो

ट्युबको बाहिर पोतिएको हरियो रङको कोडले टूथपेष्ट शुध्द प्राकृतिक स्रोत र सामग्रीबाट बनेको संकेत गर्ने चिकित्सकहरु बताउँछन् ।

तीमध्ये कालो रङको कोड भएको मञ्जन बालबालिकाका लागि हानिकारक हुने बताइन्छ । यसमा रसायनको मात्र प्रयोग हुन्छ । तर, हरियो रंगको कोड भएको मञ्जनले दाँतलाई अरु मञ्जनको तुलनामा लाभदायक हुने चिकित्सकहरुले बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

50%

खुसी

0%

दुःखी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार