गोलाई जिउलामा पशु चौपाया छोड्नेलाई कारबाही गर्ने जयपृथ्वी नगरपालिका ४ को निर्णय

गोलाई जिउलामा पशु चौपाया छोड्नेलाई कारबाही गर्ने जयपृथ्वी नगरपालिका ४ को निर्णय

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका वार्ड नॅ ४ गोलाईले छाडा पशु चौपाया छोड्नेलाई कारबाही गर्ने भयको छ । स्थानीयले धान नभित्राउँदै पशु चौपाया चराउनको लागि खेतमा छाडा छोड्नेलाई जरिवाना गर्ने निर्णय गरिएको वडाध्यक्ष ईश्वर खातीले बताए ।

वडा कार्यालयले एक सूचना जारी वडाको गोलाई ज्युला ,गाग्रा जिउला,तथा तल्लो गोलाई ज्युलामा धान काट्न वाकी भयकाले स्थानीयले धान काटेर नभित्राए सम्म पशु चौपाया नछोड्न आग्रह गरेको छ ।

यदि कसैले सूचनाको बेवास्ता गरी गरी छाडा छोडेको पाइएमा प्रति भैँसी रु एक हजार पाँच सय, प्रति गाई गोरु ,खच्चर छोडेको पाइए एक हजार रुपैयाँ र भेडा बाख्रा छोडेको पाइए प्रति भेडा बाख्रा पाँच सय रुपैयाँ जरिवाना गर्ने वडा कार्यालयले जनाएको छ ।

सामान्यतया खेतमा काम सकिए पछि धौडो छोड्ने अर्थात् पशु चौपायालाई खेतमा घाँस चराउन छोड्ने गरिएको भय पनि केही स्थानीयहरूले धान वाली नभित्राउँदै पशु चौपाया छोड्न थालेपछि कारबाही गर्ने निर्णय गरिएको वडाध्यक्ष खातीले बताए ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार