राष्ट्रिय सेवा सम्मानबाट डा. अर्याल सम्मानित

विगत १८ वर्षदेखि सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका वरिष्ठ कन्सल्टेन्ट डा. नीरज अर्याल राष्ट्रिय सेवा सम्मानबाट सम्मानित भएका छन् ।
धनगढी : विगत १८ वर्षदेखि सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका वरिष्ठ कन्सल्टेन्ट डा. नीरज अर्याल राष्ट्रिय सेवा सम्मानबाट सम्मानित भएका छन् ।
डा. अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न सेवा मुलुक तथा सामाजिक संघ संस्था मार्फत राष्ट्र विकास र सामाजिक सेवामा महत्त्वपूर्ण योगदान तथा फोकस नेपाल संस्थाले दीपावली २०७९ को अवसरमा देउसी भैलो विशेष सांस्कृतिक सेवामा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिय सेवा सम्मान २०७९ बाट सम्मानित भएका हुन् ।
अहिले डा. अर्याल सेती प्रादेशिक अस्पतालका रेडियोलोजी विभागीय प्रमुख तथा  स्वास्थ्य आपूर्ति व्यवस्थापन सुदूरपश्चिम प्रदेशका निर्देशकको जिम्मेवारी समेत सम्हाली रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार