भारतमा झण्डै शताब्दी पुरानो झोलुङ्गे पुल भत्किँदा मृत्यु हुने १४० नाघे

भारतमा झण्डै शताब्दी पुरानो झोलुङ्गे पुल भत्किँदा मृत्यु हुने १४० नाघे

भारतको गुजरातस्थित मोरबी शहरको मच्छु नदीमा झण्डै शताब्दी पुरानो झोलुङ्गे पुल भत्किँदा मृत्यु हुनेको संख्या १४० नाघेको छ आइतबार साँझ स्थानीय समयअनुसार ६ः३० बजे उक्त केबल पुल चुडिँदा ४०० जना नदीमा खसेकामा अहिलेसम्म १४० बढीको मृत्यु भइसकेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

ज्यान गुमाउनेहरुमा ५० बढी महिला र बालबालिका हुन् । मृतकको शव मोरबीको सिविल अस्पतालमा राखिएको छ । उक्त घटनामा ७० बढी घाइते भएका छन् । स्थानीय अधिकारीले दिएको रिपोर्टअनुसार १७० जनाको उद्दार गरिएको छ । 

उक्त दुर्घटनामा परी राजकोटका भाजपाका सांसद मोहन  कुन्दरियाको परिवारका १२ जनाको पनि ज्यान गएको छ । 

उक्त पुल पछिल्लो ६ महिनादेखि बन्द रहेको थियो । हाल करिब २ करोड भारु खर्च गरेर मर्मत गरी दिवालीको दिन २५ अक्टुबरमा आम सर्वसाधारणका लागि खुला गरिएको थियो । 

उद्दार कार्य जारी नै रहेको छ । मच्छु नदीमा पानी क मगर्न चेक ड्याम तोड्न लागिएको छ । उक्त पुल १०० जनाको क्षमताको भए पनि पाँच सय जना जम्मा भएको बताइएको छ । 

भाजपा सांसद कुन्डारियाका अनुसार पुल चुडिँएर जहाँ मानिसहरु खसे त्यहाँ १५ फिट गहिरोसम्म पानी रहेको थियो । केही मानिस तैरिएर बाहिर निस्कि एभने कोही पुलमै अड्किएका थिए । 

घटनापछि उक्त पुल व्यवस्थापन कम्पनीमाथि मुद्दा दर्ता भएको छ । जाँचका लागि समितिसमेत बनेको छ । मोरबी केबुल पुल भत्किँदा घाइते भएकाहरूलाई मोरबी सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात र राजस्थानको तीन दिने भ्रमणमा छन् । मोरबी पुल दुर्घटनालाई ध्यानमा राख्दै प्रधानमन्त्री मोदीले सोमबार अहमदाबादमा हुने आफ्नो रोड सो रद्द गर्ने निर्णय गरेका छन् । उनले उक्त घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।

मृतकका आश्रित परिवारलाई २ लाख भारु र घाइतेलाई ५० हजार सहायता दिने घोषणा गरिएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार