सबैका लागी पढाई कार्यक्रमको सेवा अवधि समाप्त, सोधपत्र डटकमका प्रकाशक भट्ट सम्मानित

सबैका लागी पढाई कार्यक्रमको सेवा अवधि समाप्त, सोधपत्र डटकमका प्रकाशक भट्ट सम्मानित

कैलाली : सोधपत्र डटकमका प्रकाशक समीर प्रशाद भट्ट सम्मानित भएका छन् । सोमबार धनगढीमा सबैका लागी पढाई कार्यक्रमको सेवा अवधि सकिएको जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालले पत्रकार भट्टलाई सम्मान गरेको हो ।

सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपाल सुदूरपश्चिमले अपाङ्गता भएका नागरिकहरूको आवाजलाई सरकारको नीति निर्माण तह सम्म पुर्‍याउन अहम् भूमिका खेलेको भन्दै पत्रकार भट्टलाई सम्मान गरेको जनाएको छ । 

सोमबार धनगढीमा सबैका लागि पढाई कार्यक्रम समापन बैठकका प्रमुख अतिथि राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम अध्यक्ष मान बहादुर साउँदले पत्रकार भट्टलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए । 

“अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक समायोजन, समावेशी शिक्षा, सशक्तीकरण र अपाङ्गता भएका नागरिकहरूको आवाजलाई सरकारको नीति निर्माण तह सम्म पुयाउन खेल्नु भएको अहम् भूमिकाको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि सञ्चारमा अपाङ्गता मूल प्रवाहीकरण गर्न यहाँको अतुलनीय योगदान रहने विश्वासका साथ यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै स-धन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ,” सम्मान–पत्रमा उल्लेख छ । 

पत्रकार भट्ट रेडियो धनगढी र धनगढी खबर डटकमका समाचार संयोजक समेत हुन् । भने  सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालले यस अगाडि पनि विभिन्न पत्रकारहरूलाई सम्मानित गरिसकेको छ । 

यस्तै, उक्त कार्यक्रममा युएसएआइडीको आर्थिक सहयोग र ह्याण्डिीक्याप ईन्टरनेशनलको सहकार्यमा सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालले कैलालीका सबै स्थिानीय तहमा ४ वर्ष सम्म सञ्चालनमा रहेको सबैका लागी पढाई कार्यक्रमको सेवा अवधि समाप्त भएको जानकारी समेत गराईएको छ ।

सबैका लागी पढाई कार्यक्रम अन्तरगत अपाङ्गता भएका व्यक्तिहरु तथा बालबालीकाका हक अधिकार संगै कार्यगत सिमितताको प्रारम्भिक पहिचान, प्रारम्भिक पढाई मुल्याङ्कन, वैयक्तिक शैक्षिणिक योजना लगागतका क्षेत्रमा काम गर्दै आईरहेको थियो ।

सबैका लागि पढाइ कार्यक्रम यूएसएआईडीको ५.८८ मिलियन अमेरिकी डलरको सहयोगमा ३ वर्षे सम्म सञ्चालनमा रहेको कार्यक्रम हो । जसले ३४१५ वटा विद्यालयहरूका कक्षा १ देखि ३ सम्मका अपाङ्गता भएका बालबालिकाहरूको पठन उपलब्धि सुधारको लागि प्रयास गरेको थियो ।

यस कार्यक्रम अन्तरगत राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम १० जिल्लाहरू बाँके, सुर्खेत, भक्तपुर, कास्की, धनकुटा, पर्सा, मुस्ताङ, कैलाली र डडेल्धुरामा कार्यान्वयनमा रहेको र संविधान र नीतिमा व्यवस्था भए अनुरूपका अपाङ्गता समावेशी शिक्षाका प्रतिबद्धताहरूलाई कार्यान्वयन गराउन को लागि नेपाल सरकारको सङ्घ प्रदेश र स्थानीय तहमा प्राविधिक र संस्थागत विकासमा सहयोग पुर्‍याएको सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालका कार्यकार निर्देशक नन्दराज भट्टले जानकारी दिए ।

भट्टका अनुसार सबैका लागि पढाइ कार्यक्रम कैलालीका १३ वटै स्थानीय तहहरू मा पनि अपाङ्गता भएका बालबालिकाहरू तथ्याङ्कमा सुधार गर्ने, अपाङ्गता भएकाका बालबालिकाहरूका लागि गुणस्तरीय निर्देशिका तथा आवश्यक सहायताका लागि संस्थागत तथा प्रासवभिक क्षमता विकास गर्ने, निश्चित प्रकारका अपाङ्गता भएका बालबालिकाहरू को लागी समावेशी नमुना शिक्षण सिकाइको विकास परीक्षण र त्यसको स्तरोन्नति गर्ने र कोभिड १९ को प्रभावहरू न्यूनीकरण गर्न अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षण सिकाइमा सहयोग गर्ने सामग्रीहरू प्रदान गर्ने उद्देश्य सहित सञ्चालनमा आएको थियो ।

कार्यक्रम सञ्चालन भएको अवधिभर कैलालीमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्थानीय सरकार द्वारा विस्तार गर्न सकिने गरी अपाङ्गता भएका बालबालिका को लागि तथ्याङ्कमा आधारित न्यून लगानीमा आधारित शैक्षणिक पढाइ नमुनाहरू प्रदान, पूर्व प्राथमिक तहदेखि कक्षा ३ सम्म का २१४९२८ बालबालिकाहरूलाई प्रारम्भिक पहिचान औजारको प्रयोग गरी पहिचान तथा पठन उपलब्धि सुधार तथा अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षण सिकाइ गर्न ७७१ प्राथमिक विद्यालय शिक्षकहरू र ४६ स्रोत कक्षा शिक्षकहरूलाई प्रशिक्षित गरेको छ ।

यस्तै, ५०० नेपाल सरकारका शिक्षा अधिकारीहरू अपाङ्गता तथा समावेशी शिक्षामा प्रशिक्षित गरेको छ । उपचार सहायताले प्रारम्भिक कक्षाका अपाङ्गता भएका बालबालिकाहरू कोभिड-१९ पछाडि विद्यालयमा फिर्ता अर्थात् पठाई कार्यमा निरन्तर लाग्न सुनिश्चित तथा प्रेरित गरेको छ । भने कोभिड-१९ पछाडि प्रारम्भिक कक्षाका अपाङ्गता भएका बालबालिकाहरूको लागि शिक्षामा सहयोग सुनिश्चित हुने गरी कामहरू गरेको जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार