मालिका युवा सञ्जालको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमबाट ४६ पिन्ट रगत संकलन

मालिका युवा सञ्जालको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमबाट ४६ पिन्ट रगत संकलन

धनगढी : मालिका युवा सञ्जालको आयोजनामा छठ पर्व अवसरमा गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा ४६ जना व्यक्तिले रक्तदान गरेका छन् ।

मालिका युवा सञ्जालका अध्यक्ष कवीन्द्र ठकुल्लाले सञ्जालले सरसफाइ, लागु औषध दुर्व्यसन विरुद्धको कार्यक्रम, रक्तदान, विभिन्न जनचेतना मूलक कार्यक्रम लगायतका सामाजिक कार्यहरू गर्दै आइरहेको र देशभर चरम रगत अभाव भइरहेको बेला रगत अभाव परिपूर्ति गर्न आज रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए।

साथै उक्त कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरू र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सञ्जालका सदस्य लगायत सम्पूर्ण सहयोगीहरूलाई सञ्जालको तर्फबाट अध्यक्ष ठकुल्लाले धन्यवाद व्यक्त गरेका छन् ।

उक्त रक्तदान कार्यक्रममा ५८ जना रक्तदान गर्न उपस्थित मध्य केही रक्तदाताको उच्च रक्तचाप तथा स्वास्थ्यको अन्य समस्याले गर्दा रक्तदान गर्न नसकेको कार्यक्रम संयोजक तथा सञ्जालका सचिव दीपेश बोहराले बताए ।

रक्तदान कार्यक्रमको आयोजना चौराहा भन्सार रोडको नेशनल चोकमा गरिएको थियो । सोही रक्तदान कार्यक्रम पश्चात् अब चुनाव लक्षित मतदाता शिक्षा कार्यक्रम र लागू औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने सञ्जालका महासचिव किरण हमालले जानकारी गराए ।

रक्तदान कार्यक्रमको आयोजना चौराहा/भन्सार रोडको नेशनल चोकमा गरिएको थियो सोही स्थानमा ५ महिना अगाडी मालिका युवा सञ्जालले ६० फिट अग्लो राष्ट्रिय झण्डा स्थापना गरेको थियो । जुन झन्डाले धनगढी सहरको सुन्दरता वृद्धि गर्न सहयोग पुर्‍याएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार