अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ

अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ

अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ ।

दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग उनको विवाह भएको थियो ।

केही साताअघि अनलाइनखबरसँग कुरा गर्दै श्वेताले आफू केही वर्ष ममीको भूमिकामा व्यस्त हुने बताएकी थिइन् । उनी गर्भवती भएपछि उनको व्यावसायिक काम पनि पति विजयन्द्रले हेर्दै आएका थिए ।

केही वर्षपछि फिल्म निर्माणमा फर्कने श्वेताको योजना छ । उनी नारी कथावस्तुमा फिल्म निर्माण गर्न चाहन्छिन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार