SKIP THIS

धनगढी उप-महानगरपालिका

एसपीएका विद्यार्थीले आमाको माया छात्रवासमा गरे लाइब्रेरी स्थापना

एसपीएका विद्यार्थीले आमाको माया छात्रवासमा गरे लाइब्रेरी स्थापना

धनगढी : अभिभावकविहीन विधार्थीहरुलाई आश्रय दिँदै आएको धनगढी तारानगर स्थित आमाको माया छात्रवासमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपी) का विद्यार्थीहरूले पुस्तकालय (लाइब्रेरी) स्थापना गरेका छन् ।

एसपीएको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू रोशन खत्री, कञ्चन सावादलगायतको टोलीले उक्त लाइब्रेरी स्थापना गरेको हो । एसपी कलेजका प्रबध निर्देशक सुवास शाहीले एक कार्यक्रमबिच सोमबार लाइब्रेरीको उद्घाटन गरे ।

लाइब्रेरीको उद्घाटन गर्दै शाहीले कलेज उमेरदेखि विद्यार्थीहरूले लाइब्रेरी स्थापनाजस्तो सामाजिक कार्यमा लाग्नुलाई सह्रानीय काम भन्दै प्रेरणादायी काम भएको बताए ।

‘कलेज पढ्दादेखि नै समाजका प्रभाव पार्ने लाइब्रेरी स्थापनाको सोच आउनु सह्रानीय छ र यो प्रेरणादायी काम भएको छ,’ शाहीले भने, ‘सबै कलेज, स्कुलका विद्यार्थीहरूले यस्ता यस्तै श्रृजनात्मक काम गर्ने हो भने समाज विकास हुन धेरै समय लाग्दैन ।’

‘समाजबाट लिने प्रतिस्पर्धा बढी भएका बेलामा देशलाई के दिन सकिन्छ भन्ने सोच्ने भावना मनबाट आउने हो भने देश परिवर्तन हुन समय लाग्दैन,’ उनले भने, ‘लाइब्रेरी स्थापनामा हाम्रा विद्यार्थीले अग्रसरता देखाउनु हाम्रा लागि गर्वको कुरा हो । यसमा हामीले पनि सहयोग गर्न पाएकोमा खुसी छौँ ।’

लाइब्रेरी निर्माणमा एसपी कलेजसँगै धनगढी उपमहानगरपालिका, चौधरी बुक डिपो, इमेज बक्स एण्ड स्टेशनरी तथा अपि इन्टरटेनमेन्ट लगायत संस्थाको सहयोग रहेको निर्माणकर्ता रोशन खत्रीले बताए ।

उनले लाइब्रेरी निर्माणका क्रममा सहयोग गर्ने कञ्चन सावँद, शिखा श्रेष्ठ, विवेक जोशी, सारा थापा र सुशील चन्दलाई धन्यवाद दिँदै आगामी दिनमा लाइब्रेरीलाई थप विकास गर्दै जाने बताए ।

छात्रावास प्रमुख सुवास तामाङले छात्रवासमा रहेका विधार्थीहरुको अध्यापन अध्ययनमा सहयोग पुर्‍याउने हेतुले लाइब्रेरी स्थापना भएकोमा खुसी व्यक्त गरे । भोलि तीनै किताब पढेर विद्यार्थीहरूले उज्ज्वल भविष्य निर्माण हुने आशा उनले व्यक्त गरे ।

सोही कार्यक्रममा धनगढीको छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष सन्तोष मण्डलले छात्रवासमा रहेका विधार्थीहरुको भविष्य उज्ज्वल सबैको दायित्व भएकाले पुस्तकालय निर्माण टोलीलाई धन्यवाद दिए । उनले आफ्नो तर्फबाट मासिक सय केजी चामल छात्र बासलाई उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार