अरुको डिभाइसमा गुगल अकाउन्ट लगइन गर्नुभयो ? यसरी हटाउनुहोस्

gmail

हामी आफ्नो गुगल अकाउन्टलाई विभिन्न प्रयोजनका लागि प्रयोग गरिरहेका हुन्छौँ । गुगलका सेवाहरू त छँदै छन् त्यसबाहेक पनि इन्टरनेटका अन्य विविध सेवामा साइनअप गर्दा हामीले गुगल अकाउन्ट नै प्रयोग गरिरहेका हुन्छौँ । कतिपय त्यस्तो अवस्था आइदिन्छ, जहाँ हामीले सार्वजनिक कम्प्युटरमा आफ्नो गुगल अकाउन्ट लगइन गरेका हुन्छौँ । वा गुगल अकाउन्ट लगइन भएको हाम्रो डिभाइस हराएको हुनसक्छ । त्यस्तो अवस्थामा के गर्न सकिन्छ त ?

गुगल अकाउन्टमा हाम्रो अधिकतम डेटा वा भनौँ विवरणहरू भण्डारण भएर बसेका हुन्छन् । एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने त झन् तपाईँको सबै डेटा गुगल अकाउन्टमा छ भन्दा फरक नपर्ला । गुगल फोटोजमा भएका हाम्रा व्यक्तिगत फोटो, मेसेजमा भएका मेसेजहरू, कन्ट्याक्टमा भएका नम्बरहरू, जीमेलमा भएका महत्त्वपूर्ण ईमेलहरू यी सबै कुरा एउटै गुगल अकाउन्टमा सङ्ग्रहित भएर बसेका हुन्छन् ।

यदि हामीले कुनै सार्वजनिक कम्प्युटरमा गुगल अकाउन्ट लगइन गरेर छाडेका छौँ वा गुगल अकाउन्ट लगइन भएको डिभाइस हरायौँ भने हाम्रा संवेदनशिल डेटाहरू अरूको कब्जामा पर्छ । त्यसैले हराएका डिभाइसबाट वा सार्वजनिक कम्प्युटरबाट गुगल अकाउन्ट लगआउट गर्नुपर्ने हुन्छ । आज हामी विभिन्न डिभाइसमा गुगल अकाउन्ट कसरी लगआउट गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

डेस्कटपबाट सबै डिभाइसमा लगइन भएको गुगल अकाउन्ट यसरी हटाउनुहोस्

डेस्कटपका माध्यमबाट विभिन्न डिभाइसमा लगइन भएको गुगल अकाउन्ट लगआउट गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिले यहाँ क्लिक गरेर गुगलको ‘माई अकाउन्ट साइट’मा जानुहोस् ।

-त्यसपछि सेक्युरिटीको अप्सनमा जानुहोस् ।

-सेक्युरिटीमा गइसकेपछि तल दायाँपट्टि रहेको ‘मेनेज अल डिभाइस’मा जानुहोस् ।

-त्यसपछि त्यहाँ गुगल अकाउन्ट लगइन भएका विभिन्न डिभाइस देख्न सक्नुहुन्छ ।

-आफूले गुगल अकाउन्ट हटाउन चाहेको डिभाइस छान्नुहोस्।

-त्यसपछि तल बायाँपट्टि रहेको ‘साइन आउट’को अप्सनमा क्लिक गर्नुहोस् ।

-यसरी आफूले हटाउन चाहेको डिभाइस छानेर साइन आउट गर्न सकिन्छ ।

एन्ड्रोइड, आईप्याड वा आईफोनबाट यसरी अन्य डिभाइसमा साइनअप भएको गुगल अकाउन्ट हटाउनुहोस्

-सबैभन्दा पहिले यहाँ क्लिक गरेर गुगल माई अकाउन्टको साइटमा जानुहोस् ।

-त्यसपछि त्यहाँ बीचमा भएको ‘सेक्युरिटी’ अप्सनमा जानुहोस् ।

-स्क्रोल गर्दै तल गएपछि ‘योर डिभाइस’ भन्ने अप्सन देखिन्छ ।

-स्क्रोल गर्दै तल गएपछि ‘योर डिभाइस’ भन्ने अप्सन देखिन्छ ।

-त्यसपछि त्यहाँ गुगल अकाउन्ट लगइन भएका विभिन्न डिभाइस देखिन्छ । त्यहाँबाट आफूसँग नभएको डिभाइस छान्नुहोस् ।

-त्यसपछि साइन आउटको अप्सनमा ट्याप गर्नुहोस् ।

-यति गरिसकेपछि साइन आउटको नयाँ अप्सनमा ट्याप गर्नुहोस् ।

यसरी आईफोन, आइप्याड वा एन्ड्रोइड डिभाइसका माध्यमबाट अन्य डिभाइसमा लगइन भएको आफ्नो गुगल अकाउन्ट हटाउन सक्नुहुन्छ । -टेकपाना

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार