जेलमा रहेका सन्दीपको ह्याण्डिलबाट कसरी भयो ट्वीट ?

नेपाल क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछाने

नेपाल क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछाने बलात्कार आरोपमा पूर्पक्षका लागि थुनामा छन । उनलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ । 

नाबालिगमाथि बलात्कार आरोपमा उनी असोज २० मा प्रहरीको नियन्त्रणमा पुगेका थिए । त्यसयता सन्दीप अनुसन्धानका लागि प्रहरी हिरासतमा रहे । 

अहिले अदालतले उनलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । कारागारमा रहेका कारण सन्दीप सोसल मिडियाको पहुँच आउन सक्दैनन् । 

तर, बिहीबार विहानै उनको आधिकारिक ट्वीटर ह्याण्डिलबाट एक ट्वीट भएको छ । सन्दीपले ट्वीटर चलाउन थालेको ८ वर्ष पूरा भएकोबारे ट्वीट लेखिएको थियो । 

यो ट्वीट सन्दीपले जेलभित्रैबाट गरेका भने होइनन् ।  ट्वीटरकै ट्वीएजकमले यो अटोमेटिक ट्वीट गरेको हो ।

https://twitter.com/Sandeep25/status/1590509801569517568

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार