SKIP THIS

S.P.A  Collage

शनिवार धनगढी १३ श्रीलङ्कामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुँदै

धनगढीको नवजीवन अस्पताल

धनगढी : धनगढीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । लायन्स क्लब अफ धनगढीको सिटीको आयोजना र धनगढीको नवजीवन अस्पतालको प्रायोजनमा  शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको हो। 

उक्त निःशुल्क स्वास्थ्य शिविर धनगढी वडा नं. १३ श्रीलङ्का स्थित नवज्योति आधारभूत तह विद्यालयमा बिहान ९ बजे देखी दिउँसो २ बजेसम्म आयोजना हुने नवजीवन अस्पतालका सिइओ चक्र खडायतले जानकार दिए ।

 शिविरबाट विभिन्न बिरामीले स्वास्थ्य लाभ लिन सकुन् भन्ने अपेक्षा आयोजक लायन्स क्लब अफ धनगढीले दिएको छ । 

यस्तै शिविरमा चिकित्सा स्वास्थ्य सेवामा अन्तरगत अर्थोपेडिक डाक्टर विदुरमणि ढकाल, स्त्री रोग विशेषज्ञ डाक्टर जय राम केसी, सामान्य चिकित्सक, डा. राजु विष्ट, बाल रोग विशेषज्ञ डाक्टर विक्रम हीराचनले बिरामी चेक जाँच गर्ने छन् । 

त्यस्तै, शिविरमा निःशुल्क भिडियो एक्स-रे पाठेघरको मुख को क्यान्सर स्क्रिनसङ प्याप स्मेयर जाँच गरिने जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार