आशिष महर नकआउट राउण्ड पार गर्दै भोटिङ राउण्डमा प्रवेश !

सुदूरपश्चिमका आशिष महर भ्वाईस अफ नेपालको नकआउट राउण्डमा प्रवेश

धनगढी : हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन–४’ मा अछामका आशिष महर नकआउट राउण्ड पार गर्दै भोटिङ राउण्डमा प्रवेश गरेका छन् ।

ब्लाइन्ड अडिसनमा रामचन्द्र काफ्लेको ‘हिमाल हिंउ पडिगयो ’ बोलको गीत गाएर चारै कोचलाई घुमाउदै टिम प्रमोदलाई छनोट गर्दै भ्वाइस अफ नेपाल सिजन–४’ मा प्रवेश गरेका थिए ।

अछाम मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर शुक्रबार भएको नकाउट राउन्डमा वर्षा राई मानन्धर, दिप किरातीसंग ब्याटल लडेका थिए । तीनमध्ये टिम प्रमोदले छनोट गरेसङ्गै महर भोटिङ राउण्डमा प्रवेश गरे ।

नकाउट राउण्डमा महरले ए बाबरी गित गाएका थिए ।
शुक्रवारदेखि नकाउट राउण्ड सुरु भएको छ ।

‘दि भ्वाइस अफ नेपाल सिजन–४’ मा कोचको रुपमा राजु लामा, प्रमोद खरेल, राजेश पायल राई र प्रविशा अधिकारी रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार