SKIP THIS

S.P.A  Collage

धनगढीको हिमालयन गौरीशङ्कर डेन्टल क्लिनिकद्धारा सेवा सँगै शाखा विस्तार (भिडियो)

धनगढीको हिमालयन गौरीशङ्कर डेन्टल क्लिनिकद्धारा सेवा सँगै शाखा विस्तार (भिडियो)

धनगढी : १२ वर्षदेखि धनगढीमा सेवा दिँदै आइरहेको हिमालयन गौरीशङ्कर डेन्टल क्लिनिकले थप सेवा विस्तार गरेको छ । धनगढीको अस्पताल लाइनबाट सेवा दिँदै आइरहेको क्लिनिक अहिले पुरानो कैलाली अस्पतालको पछाडिबाट सेवा सुरु सुचारु गरेको हो  ।   

धनगढीको मुख्य सडक कैलाली नाला देखि क्याम्पस चोक सम्म फराकिलो बनाउने अभियानले गर्दा क्लिनिकले ठाउँ सार्नु परेको सञ्चालक रतन एसकेले बताए । मङ्सिर १६ गते कैलालीको हसुलियामा पनि शाखाको विस्तार हुने उनले जानकारी गराए ।

यस अघि सामान्य दाँतको मात्र उपचार गर्दै आएको क्लिनिकले अव अप्रेसन सहितको सेवा सुरु गरेको उनले बताए ।

क्लिनिकले विडिएस गरेका दन्त चिकित्सक विडीएस डा। सुवन कार्की, एमडीएस डा। मनोज खड्का,एमडिएस डा. विजय कार्की, विडीएस डा, सुस्मिता महरा सहित १४ जना अन्य स्वास्थ्यकर्मीहरूको सहयोगले दन्त सेवा भइरहेको क्लिनिक सञ्चालक एसकेले बताए ।

क्लिनिकमा दाँतको छुट्टै एक्सरेको सुविधा, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, गिजाभित्र रहेको बुद्धिबंगारा निकाल्ने र गिजाको अप्रेसन गर्ने गरेको छ ।

थप अनुहारमा लागेका चोटपटकका साथै हड्डी भाँचिएको उपचार मुखभित्र आउने घाउ खटिरा सिष्ट ट्युमर आदीको उपचार भइरहेको सञ्चालक एसकेले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार