एसपीएका विधार्थीले पाए यूएईको फाइभस्टार होटलमा रोजगारीको अवसर

एसपीएका विधार्थीले पाए यूएईको फाइभस्टार होटलमा रोजगारीको अवसर

धनगढी : यूएईको शारजहास्थित फाइभस्टार होटल ‘सेराटन शारजहा रिसोर्ट एण्ड स्पा’ मा एसपीए कलेज धनगढीमा बीएचएम अध्ययनरत् विधार्थीले रोजगारीको अवसर पाएका छन् ।

विष्ट मंगलबार नै यूएई प्रस्थान गरेका छन् । बीएचएमका कमल विष्टले उक्त होटलमा एकवर्षका लागि पेड इन्टनसिप(तलबसहित)को अवसर पाएका हुन् । कलेजले उनलाई १ वर्षका लागि उक्त अवसर जुटाईदिएको हो ।

उनीहरुले उक्त अवधिमा फाइभ स्टार होटलमा सर्भिसको अनुभव लिनुका साथै आम्दानी पनि गर्नेछन् । इन्टनसीप अवधि सकिए लगत्तै उनीहरुले उक्त होटलमै काम गर्न समेत पाउनेछन् । उनीहरुसँग पाँचतारे होटेलमै काम गरेको अवसर हुने भएकाले चाहेको खण्डमा अरु देशका अन्य लक्जरिएस होटलमा आकर्षक तलबसुविधासहित काम गर्ने अवसर पाउँनेछन् ।

यसअघि पनि एसपीएमा बीएचएम अध्ययनरत् विधार्थीहरुले दुबई, मलेसिया, कतार, बहराइन भारत तथा नेपालकै फाइभस्टार होटलहरुमा रोजगारीको अवसर पाइसकेका छन् ।

यसअघि पनि एसपीएका विधार्थीहरु दुबईको विश्वप्रशिद्ध पाँच तारे होटल ‘द मेरियट्स मार्किस’, बहराइनको विश्वप्रशिद्ध पाँचतारे होटल क्राउन प्लाजा एचजीमा, कतार, मलेसिया, भारत, माल्दिभ्सलगायत नेपालका विभिन्न होटलहरुमा कार्यरत छन् ।

एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले विधार्थी विष्टलाई आगामी जीवनको शुभकामना दिदैँ एसपीएले अध्ययनसँगसँगै विद्यार्थीहरुको भविष्यको पनि सुनिश्चितता गरिदिने बताए ।

‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्तसँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘सोहीकारण हाम्रा विधार्थीहरु दुबई, बहराईन, भारत, नेपालका होटलहरुमा इन्टर्नका रुपमा काम गर्दागर्दै राम्रो आम्दानी पनि गरिरहेका छन् । यो उनीहरुको भविष्य सुनिश्चित भएको आधार पनि हो ।’
सुदूरपश्चिममा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीएचएमको सबैभन्दा ठूलो कार्यक्रम एसपीएमामात्रै छ । सुदूरपश्चिममा बीएचएमका लागि आफ्नै छुट्टै आधुनिक सम्पूर्ण स्रोत साधानयुक्त ल्याब, किचेन, बेकरी, बार, रेस्टुरेन्ट, हाउस किपिङ भएको एकमात्रै शैक्षिक संस्था एसपीए हो ।

बीएचएम अध्ययन गर्न चाहने विधार्थीले सि–म्याट(प्रवेश परीक्षा) दिनुपर्छ । सिम्याटका लागि अहिले फाराम खुलेको छ ।

जुनसुँकै संकायबाट आएका विधार्थीले पनि बीएचएम पढ्न पाउँछन् । हरेक विषयमा १.८ वा डी प्लस जिपिए आएको हुनुपर्छ । त्रिविको छात्रवृत्ति, प्रवेश परीक्षा टप गर्ने, गरिब जेहोन्दोर विधार्थीलाई पनि क्याम्पसले छात्रवृत्तिको व्यवस्था छ ।

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ ।

टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरु गठन गर्दै विधार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् । कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार