आरएन सर : बीबीएसका पोस्टर ब्वाए

आरएन सर : बीबीएसका पोस्टर ब्वाए

धनगढी : स्नातक तेस्रो वर्ष अध्ययन गरिरहेकी देवकी धामीलाई प्लस टूका केही मिठा सम्झनाहरू भन्न लगाउँदा उनले आरएन सरलाई सम्झिन ।

‘सबैसँग उत्तिकै फ्रेन्डली, उहाँको क्लास कातिबेला आउँछ भन्ने लाथ्यो । सरको अन्तिम घट्टीमा पढाउनुहुन्थ्यो तर पनि कोही विद्यार्थीलाई केही हतारो हुन्नथ्यो । क्लास खचाखच भरिएका हुन्थ्यो,’ देवकीले भनिन्, ‘सरले गर्दा नै मैले एसपीएमै बीबीएस पढ्ने निर्णय लिए । अहिले पनि सरको क्लास उत्तिकै गज्जब लाग्छ । एक एक कुरा सम्झाई बुझाई पढाउनुहुन्छ । फ्रेन्डजस्तै भएर सोधेका कुरा सबै बताइदिनुहुन्छ ।’

बीबीएसकी अर्की विद्यार्थी गोमा शर्माको अनुभव पनि देवकीको झैँ छ । आरएन सरले कक्षामा जुन फुर्ती, जोस जाँगरले पढाउनुहुन्छ, त्यसले सबै विद्यार्थी खुसी भएको उनले बताइन ।

‘सरको कक्षामा म मात्रै होइन, कोही पनि विद्यार्थीहरू ‘बोर’ मान्दैनन् । उहाँको इनर्जी साथ फुर्तीले विद्यार्थीहरू मज्जाले ध्यान दिएर पढ्छन्,’ गोमाले अनुभव सुनाइन् ।

विद्यार्थीहरूमाझ यही लोकप्रियताका कारण आरएन सर धनगढीको एसपीए कलेजको बीबीएस कार्यक्रमका ‘पोस्टर ब्वाए’ बनेका छन् । सोही कारण आरएन सर सबैका प्यारा छन् । कतिपयलाई त उनको पूरा नाम रघुनाथ(आरएन) जोशी हो भन्ने पनि थाहा हुन्न ।

डेढ दशक बढी अध्यापनमा बिताएका आरएन सरले एक दशक एसपीएका हजारौँ विद्यार्थीलाई ज्ञान बाँडिसके । धनगढीको सामान्य कलेजदेखि देशकै उत्कृष्ट कलेजसम्म एसपीएलाई पुर्याउँन उनको भूमिका अग्रणी छ ।

यस वर्षसँग एसपीएले लगातार दुई पटक देशकै सर्वोत्कृष्ट कलेजमध्ये एकको अवार्ड पाएको थियो । त्यस्तै कलेजले वातावरणका क्षेत्रमा खेलेको भूमिकालाई लिएर अमेरिकामा भएको अन्तर्राष्ट्रिय अवार्ड नै पायो । सबैभन्दा ठुलो उपलब्धिका रूपमा त एसपीए अब क्यूएए पाउने चरणमा छ । जसले विगतदेखि आरएन सरहरूले गरेको मिहिनेतको प्रतिफल झल्काउँछ ।

‘एक सामुदायिक स्कुल भाडामा लिएर सुरु भएको कलेज अहिले सुदूरपश्चिमकै ठुलो मध्येको एक बनेको छ,’ आरएन सर एसपीएसँगको यात्रा बताउँछन्, ‘२५ वर्ष इतिहास बिताइसकेको छ । त्रिवि तथा उमाविमा नेपाल टप विद्यार्थी निकालिसक्यो । उमाविले लगातार हामीलाई उत्कृष्ट नतिजा निकालेको भन्दै अवार्ड प्रदान गरेको थियो । एक दशक लामो उतारचढावपूर्ण यात्रामा यी मिठा पलहरू सम्झँदा गर्व महसुस हुन्छ ।’

‘एसपीएमा अध्यापन तथा प्रशासनतर्फ १५० बढी जनशक्ति कार्यरत छन् । जसको मुख्य ध्येय नै विद्यार्थीहरूलाई कसरी अन्तर्राष्ट्रियकरण शिक्षा प्रदान गरौँ भन्ने हुन्छ,’ आरएन सरले थपे, ‘त्यसैले हामी रातदिन क्युएए प्राप्तिका लागि ल्याइरहेका छन् । यथाशीघ्र छिटो क्युएए पाउनेमा ढुक्क छौँ ।’

क्याम्पस प्रमुख योगराज गौतम पनि आरएन सर डायनामिक प्राध्यापक भएको बताउँछन् ।

‘उहाँको बलियो शैक्षिक पृष्ठभूमि र उत्कृष्ट शिक्षण शैलीका कारण विद्यार्थी र प्राध्यापकबिच एकदमै लोकप्रिय हुनुहुन्छ,’ क्याम्पस प्रमुख गौतमले भने, ‘उहाँ राम्रो योजनाकार र सबैलाई मिलाउन सक्ने क्षमता भएको व्यक्ति हो । एकदमै भुईमान्छे भएर काम गर्ने, सत्य बोल्ने र खुला किताब जस्तै भएकाले उहाँ सबैका लागि उत्प्रेरक हुनुहुन्छ ।’

आरएन सरको सबैसँग उत्तिकै मिलनसार छन् । मनका लागेका कुराहरू भनिदि हाल्छन् । कुनै समस्या आएमा सबैले सम्झने पहिलो व्यक्ति नै उनै हुन् । लामो समयसँगै सहकार्य गरेका एसपीएका प्लस टु कार्यक्रम संयोजक रमेश जोशी, आरएन सम्मानित नाम भएको बताउँछन् ।

‘उहाँ खुला दिलको व्यक्तित्व हो । विद्यार्थीसँगको उहाँको विशेष अट्याचमेन्ट छ। विद्यार्थी जे समस्या पर्दा पनि उहाँकहाँ लिएर जान्छन् । पठनपाठनमा उहाँको छुट्टै छवि छ,’ जोशीले भने, ‘सबैसँग मिल्ने, विद्यार्थीको असल मित्र जस्तो व्यवहार गर्ने, मनमा आएको कुरा भनिहाल्ने र भएकाले उहाँ विद्यार्थीहरूमाझ लोकप्रिय हुनुहुन्छ ।’

एसपीए निजी क्षेत्रको अग्रणी संस्था हो । अनुशासनमा पनि त्यति टाइट । मार्केटका राम्रा राम्रा शिक्षक । प्रत्येक साल । विदेशी व्यक्तिहरू आएका छन् । किताबी ज्ञान मात्रै नभएर बाहिरी ज्ञान पनि दिइरहेका छौँ ।

एसपीएको बीबीएस कार्यक्रम निर्देशक समेत रहेका उनी यस सङ्कायमा विद्यार्थीको रुचि बढ्दै गएको र थुप्रै अवसरका क्षेत्रहरू रहेको बताउँछन् ।

‘नेपाल विकासोन्मुख देश हो । यहाँ उद्योग, कलकारखाना, बजार क्षेत्र विकास तथा विस्तार भइरहेका छन् । हाम्रै धनगढी पनि कहाँबाट कहाँ पुगिसक्यो,’ उनी भन्छन्, ‘एउटा अस्पताल खुल्दा जति डाक्टरको आवश्यकता हुन्छ, लेखालगायत आर्थिक कारोबार सम्हाल्न कमर्स पढेको व्यक्तिको पनि त्यति नै खाँचो हुन्छ । बैङ्किङ, ट्रेड, फाइनान्स जहाँ पनि बीबीएसको स्कोप छ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार