कैलाली ५ को प्रदेशसभा २ मा काँग्रेसका प्रकाश देउवा विजयी

कैलाली ५ को प्रदेशसभा २ मा काँग्रेसका देउवा विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवा विजयी भएका छन् ।

देउवाले ९ हजार ५९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले छ हजार ३५१ मत प्राप्त गरेका छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले तीन हजार ४२२ र काङ्ग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले तीन हजार १८२ मत प्राप्त गरेका छन् । 

कसले कति मत पाए विस्तृतमा हेर्नुहोस् ?

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार