बैतडीमा धारिलो हतियार प्रहार: एक युवतीको हत्या, एक घाइते 

तस्बिरमा: बायाँ घाइते नेहा लुहार, दायाँ मृतक माया लुहारको शव
तस्बिरमा: बायाँ घाइते नेहा लुहार, दायाँ मृतक माया लुहारको शव

बैतडीमा मंगलबारदेखि बेपत्ता युवतीको शव धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा भेटिएको छ । उनीसँगै गएकी अर्की किशोरी घाइते छन् ।

बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहारको शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले मंगलबारदेखि बेपत्ता भएकी लुहारको शव भेटिएको र घरबाट उनीसँगै गएकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएको जानकारी दिए ।

उनकाअनुसार नेहा पनि धारिलो हतियारको प्रयोगबाट घाइते भएको अवस्थामा भेटिएकी हुन् । उनको उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि डडेल्धुरा पठाइएको छ । उनको अवस्था गम्भीर छ ।

प्रहरी निरीक्षक जोशीका अनुसार दुवै जना मंगलबार बिहान कपडा सिलाउन भनेर घरबाट निस्किएका थिए । साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

खोजी गर्ने क्रममा बुधबार बेलुकी स्थानीय र प्रहरीको संयुक्त टोलीले फेला पारेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार