SKIP THIS

S.P.A  Collage

बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै, एमालेका कर्ण थापा पछिपछि

नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे, नेकपा एमालेका उम्मेदवार कर्ण थापा

बाजुरा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार पाण्डे २२२४ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन्। 

सुरूदेखि नै अगाडि रहेका पाण्डेले २० हजार ६३६ मतगणना हुँदा ११०७६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले ३९९४ मत ल्याएका छन् ।

त्यसैगरी प्रदेश सभा सदस्यका लागि (क) मा नेकपा एमालेका बलदेब रेग्मीले अग्रता लिएका छन्। उनले ७ हजार ४५ मत पाउँदा एकीकृत समाजवादीका नरेशकुमार शाहीको ६ हजार ८९३ मत पाएका छन्।

नेकपा (माओवादी केन्द्र) का कर्णबहादुर विकले ८६९ मत प्राप्त गरेका छन्।

त्यसैगरी प्रदेश (ख) मा नेपाली कांग्रेसका पदमबहादुर शाहीले अग्रता लिएका छन् । उनले ७ हजार ८४३ मत पाउँदा  एमालेका लालबहादुर थापाले ७ हजार ३०० मत पाएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार