कमप्यूटर एसोसिएसन डोटीको अध्यक्षमा जोशी 

कमप्यूटर एसोसिएसन डोटीको अध्यक्षमा जोशी 

धनगढी : कमप्यूटर एसोसिएसन डोटी शाखाको अध्यक्षमा विवेकराज जोशी मनोनीत भएका छन् । कमप्यूटर एसोसिएसन डोटी शाखाको चौथो साधारण सभा तथा तेस्रो अधिवेशन बाट जोशी अध्यक्षमा मनोनीत भएका छन् ।

जिल्ला सदरमुकाम शिलगढीमा आज कमप्यूटर एसोसिएसन डोटी शाखाले आफ्नो चौथो साधारण सभा तथा तेस्रो अधिवेशन गरेको छ । कार्यक्रमको प्रमुख अतिथिका रूपमा क्यानका केन्द्रीय सचिव हर्क सेटी रहेका थिए भने कार्यक्रमको सभापतित्व विवेकराज जोशीले गर्नु भएको थियो ।

तेस्रो अधिवेशन बाट जिल्ला अध्यक्षमा विवेकराज जोशी,उपाध्यक्षमा विक्रम केसी,सचिवमा हिक्मत भण्डारी र कोषाध्यक्षमा सुभाष परियार मनोनीत भएका छन् भने,सदस्यहरूमा विराट विष्ट,वसन्त बलायर र नीरज सुनार चयन भएका छन् ।

उक्त संस्थाले जिल्लामा रहेका कमप्यूटर व्यावसायीहरु तथा आइटी सँग सम्बन्धित कर्मचारीहरूको हकहितको लागी काम गर्दै आएको र आउँदा दिनहरूमा पनि यस्तै काम गर्ने अध्यक्ष जोशीले बताए ।

जोशीको यो दोस्रो कार्यकाल हो । दोस्रो अधिवेशनमा पनि जोशी मनोनीत भएका थिए । यसका संस्थापक अध्यक्ष सन्तोष श्रेष्ठ रहनु भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार