कैलालीमा पहिलो पटक विद्युतीय स्कुटर कानुनी दायरमा, थालियो दर्ता प्रक्रिया 

कैलालीमा पहिलो पटक विद्युतीय स्कुटर कानुनी दायरमा, थालियो दर्ता प्रक्रिया 

धनगढी : कैलालीमा पहिलो पटक विद्युतीय स्कुटर दर्ता प्रक्रिया सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले यातायात व्यवस्था कार्यालय सेतीसँग समन्वय गरी पहिलो पटक विद्युतीय स्कुटर दर्ता प्रक्रिया अघि बढाएको हो । विद्युतीय स्कुटर दर्ताका लागि कार्यालयले अभियानकै रूपमा अघि बढाएको छ ।

यस अघि जिल्लामा बिना दर्ता तथा बिना नम्बर प्लेटका विद्युतीय स्कुटर सञ्चालनमा थिए । सवारी साधनको दर्ता प्रक्रिया तथा नम्बर प्लेट समेत नहुँदा दुर्घटना गराउने र भाग्ने र करको दायरामा समेत नआउने प्रवृत्ति थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले यसअघि दर्ता गर्न हुन भनी सम्बन्धित सवारी धनी, शोरुम सम्बद्ध व्यवसायीलाई अनुरोध गरेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको अनुरोधमा हाल सम्म ३५ थान विद्युतीय स्कुटर दर्ता भई सकेको छ भने अन्य दर्ता प्रक्रियामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिलबहादुर सिंहले बताए । उनले जिल्ला भरी दर्ता नभएका साधनलाई नियन्त्रणमा लिने कार्य भइरहेको पनि बताए ।

वैधानिक तवर बाट भित्रिएका सवारी साधनलाई दर्ता प्रक्रियामा पठाइने तथा अवैधानिक भन्सार छली गरी भित्रिएका विद्युतीय स्कुटरलाई कानुनी कारबाहीको लागी भन्सार कार्यालय पठाइने उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार