बैतडीकी माया लुहारको हत्या हुनुको कारण यस्तो, के भने कोलीले ?

बैतडीकी माया लुहारको हत्यामा पक्राउ परेका भरतराम कोलीलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ ।

बैतडी : बैतडीकी माया लुहारको हत्यामा पक्राउ परेका भरतराम कोलीलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । मंसिर १८ मा महेन्द्रनगरबाट पक्राउ परेका २२ वर्षीय कोलीले ‘प्रेममा धोका पाएपछि हत्या गरेको’ प्रहरीलाई बयान दिएका छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा घर भएकी माया लुहार मङ्सिर १४ मा मृत फेला परेकी थिइन् ।

शिवनाथ गाउँपालिका–६ की मायाको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको थियो । मायाको हत्या गरेको आरोपमा सशस्त्र प्रहरीका जवान कोलीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा म्यादी प्रहरीका रुपमा खटिएकी २१ वर्षीया माया र भरतराम प्रेममा थिए । प्रेमिकाको मोबाइल चेक गर्दा अन्यसँग कुरा हुने गरेको थाहा पाएपछि भरतरामले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ । मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

14%

दुःखी

14%

अचम्मित

0%

उत्साहित

71%

आक्रोशित

सम्बन्धित समाचार