SKIP THIS

S.P.A  Collage

नारी

नारी तिमी स्त्री भएरै जन्मिएको दिन देखि

नारी तिमी स्त्री भएरै जन्मिएको दिन देखि
भगवानले स्त्री लिङ्गी को उपाधि दिएकै छिन देखि

तिमीलाई आफ्ना ले हेप्न खोज्छन्
स्वार्थी हातले तिम्रा विरुद्ध लेख्न खोज्छन्
पुरातनहरू ले तिम्रो प्रगति छेक्न खोज्छन्
चुलो चौकामै तिम्रो जीवन देख्न खोज्छन्
ती सबैका विरुद्ध च्यालेञ्ज गर्नु
समाजको बेथिति हरूमा आगो लगाउनु
नारी तिमी नारी हुनुमा मन भित्र गौरव जगाउनु
तर पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो नलगाउनु

तिमी साहसी छौ हिम्मतिली छौ सत्यवादी छ्यौ
विश्वासिली छौ आगो लाई थाह छ तर यो समाज लाई थाह छैन
आफ्नो हिम्मत लाई देखाउन विश्वास लाई प्रमाणित गर्न
बेथिति का विरुद्ध विद्रोह जगाउनु न्यायालय धाउनु
सत्य सँग पैताला मिलाउनु चेतनाको बिणा बजाउनु
नारी तिमी नारी हुनमा मन भित्र गौरव जगाउनु
तर पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो नलगाउनु

किनकि जल्नकै लागि त एक दिन लास हुनु नै पर्छ
तिमी जिउँदै जल्यौ भने गिद्धे नजर हरू हेरि रहन्छन्
रमिते हरू हासिं रहन्छन् शोषक हरू बाचिँ रहन्छन् नाची रहन्छन्
त्यसैले कुलाङ्गार हरू सँग लड्नु तिनको कठालो समात्नु
तीन लाई घुँडा टेकाउनु , तिनका सेखी झार्नु
चट्टान जस्तै भएर आफ्नो हिम्मत नहार्नु
आफ्नो सारा शक्ति देखाउनु इतिहासमा आफ्नो नाम लेखाउनु
नारी तिमी नारी हुनुमा मनमा गौरव जगाउनु
तर पेट्रोल खन्याएर आफ्नै शरीर मा आगो नलगाउनु

नारी तिमी जसरी नि प्रगति गर्नु उन्नति गर्नु
संस्कारी हुनु ,ठुलो मान्छे बन्नु अघि बढ्नु
मनकारी हुनु,परोपकारी हुनु , तर विश्वासकी लाचारी नहुनु
किनकि हद भन्दा बढी विश्वास गर्दा आफ्नै हात बाट जल्नु पर्छ पेट्रोल को आगो सहेर ढल्नु पर्छ
त्यसैले नारी तिमी नारी हुनुमा मनमा गौरव जगाउनु
तर पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो नलगाउनु

नारी तिमी सुन्दरी हुनु ,शरीरमा सुन लगाउनु निधारमा टीका लगाउनु
हातमा चुरा लगाउनु राम्राको गुन लगाउनु
राम्रो मान्छे सँग माया प्रेम लगाउनु फूल जस्तै फक्रिँदै गरेको जीवनमा जे जे लगाउन मन लाग्छ सब थोक लगाउनु
तर बिन्ती पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो नलगाउनु

नारी तिमी नारी हुनुमा मनमा गौरव जगाउनु
तर पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो नलगाऊ !

लेखक : राजेन्द्र भट्ट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार