धनगढीको शिवनगर खोला सफाई

धनगढीमा खोलानाला सरसफाई अभियानः शिवनगर खोला सफाई

धनगढी : धनगढीमा जागौँ युवा संस्थाले खोलानाला सरसफाई अभियानलाई निरन्तरता दिएको छ।  शनिबार धनगढी उपमहानगरपालिका–८ मा रहेको शिवनगर नालामा सरसफाई गरेर उक्त अभियानलाई जारी राखिएको हो। 

शिवनगर खोलामा रहेको स्टिल पुल (सेल्फी पुल) मुनी रहेको फोहोर सफा गरेको सस्थाका अध्यक्ष नवराज जोशीले बताए। उनका अनुसार उक्त स्थानमा गत शनिबार पनि सफाई गरिएको थियो।

फोहोर अत्याधिक रहेकाले त्यो दिन बाँकी रहेका स्थानमा आज सरसफाई गरिएको हो। धनगढीका अधिकाशं खोलानालाहरु र्दुगन्धित रहेको र यो अभियानले खोलानालाको सरसफाई गर्ने तथा उक्त स्थानहरुमा फोहोर नगर्न जनचेतना फैलाउने कार्य गर्ने जोशीले बताए। 

‘आज पनि हामीले एक ट्याक्टर फोहोरनिकालेका छौ। अर्को शनिबार पनि हाम्रो अभियानले सोही खोलाको सरसफाई गर्ने तथा फोहोर नगर्न जनचेतना फैलाउने कार्य गर्ने छ।’ उनले भने।

आजको कार्यक्रममा लीयो क्लव अफ धनगढी हेल्थ एण्ड मेडीको र स्थानीयको पनि सहभागिता रहेको थियो। धनगढीका अधिकाशं खोला नालामा तथा खोलाको छेउछाउमा फोहोर फाल्ने गरिएको देखिएको छ। खोलानालामा तथा सार्वजनिक स्थानमा फोहोर नगर्न धनगढी उपमहानगरपालिकाले पनि आग्रह गर्दै आएको छ। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार