कतार विश्वकपमा मेसी बसेको कोठालाई संग्रहालय बनाइने

कतार विश्वकपमा मेसी बसेको कोठालाई संग्रहालय बनाइने

कतार : कतारमा फिफा विश्वकप खेल्दा अर्जेन्टिनाका खेलाडी लियोनल मेसी बसेको कोठालाई मिनी म्युजियममा परिणत गरिने भएको छ।

लियोनेल मेसीले निरन्तर विश्वभरका फ्यानहरूलाई चकित पारिरहेको बताउँदै उनले फुटबल नछोएको अवस्थामा पनि उनीप्रति शुभेच्छा र सम्मान राखिराख्न उक्त कोठालाई संग्रहालय बनाउने बताइएको छ।

अर्जेन्टिनी राष्ट्रिय टिम बसेको उक्त कोठालालाई सर्वकालिक महान खेलाडीको नाममा संग्रहालय बनाउने विश्वविद्यालयले जनाएको छ। 

युनिभर्सिटी अफ कतारले ट्वीटरमा भनेको छ, ‘फिफा विश्वकपमा लियोनल मेसी सुतेको कोठालाई संग्रहालयमा परिणत गरिनेछ।’ उसले शृंखलाबद्ध रुपमा उक्त कोठाका तस्बिरहरुसमेत सार्वजनिक गरिरहेको छ।

मेसी विश्वविद्यालयको बी २०१ मा बसेका थिए। सुरुदेखि अन्तिम खेलसम्म त्यही रहेका थिए। त्यसको अर्को नाम अर्जेन्टिनी सहर फ्युनेस इन सान्ता फे रहनेछ।

फिफा विश्वकप २०२२ अर्जेन्टिनाले जितेको थियो। उक्त जितमा मेसीको सुरुवातदेखि अन्तिमसम्म लयात्मक प्रदर्शन जारी रहेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार