‘जेरी २’ मा ९ बर्षपछी अनमोल र आना एकसाथ

प्रकाशित : :

कुनै समयको अनस्क्रिन र अफस्क्रिन जोडी नायक अनमोल केसी र नायिका आना शर्माले ९ बर्षपछि फेरि पर्दा सेयर गर्ने भएका छन् ।  यी दुईले फिल्म ‘जेरी’मा एकैसाथ काम गरेका थिए । यसपछि, आना र अनमोलको प्रेम चर्चा पनि सुरु भएको थियो । 

‘जेरी’ अनमोलको दोस्रो फिल्म थियो भने आनाको डेब्यू फिल्म थियो । ९ बषपछि निर्माता सरोज न्यौपानेले यसको सिरिज बनाउन लागेका हुन् । यो फिल्मको छायांकन एक महिनापछि सुरु हुनेछ । 

फिल्ममा पूर्णिमा सिंजापति नायिकाको रुपमा फाइनल भैसकेकी छिन् । २ नायिका र १ नायकको त्रिकोणात्मक प्रेम कथामा फिल्म बनाउने तयारी निर्देशक हेमराज वीसीको छ । यो फिल्मको छायांकन लुक्ला, सगरमाथाको आधार शिविर, अमेरिका र अष्ट्रेलीयामा गर्ने तयारी निर्माताको छ । 

सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको लगानीमा बन्न लागेको फिल्म आना र अनमोललाई एकैसाथ पर्दामा हेर्न चाहने दर्शकका लागि अझै विशेष हुनेछ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट