हरेक महिना ४० लाख कमाउँने बहुमूल्य वीर्य भएको संसारकै धनी राँगो

संसारकै धनी राँगो

थाइल्याण्डमा एउटा राँगो चर्चामा छ । यो राँगोले आफ्ना मालिकका लागि हरेक महिना मनग्य आम्दानी गरिदिने गरेको छ ।

उक्त भाले अर्नाको वीर्य यति महंगो छ कि त्यसले गर्दा उसका मालिक करोडपति बनिसकेका छन् । उनले राँगोको वीर्य बेचेरै मासिक ४० लाख रुपैयाँ कमाइरहेका छन् । उक्त राँगोको वीर्यलाई भैंसीमा नश्ल सुधारका लागि प्रयोग गर्ने ग्रिएको छ ।

आफ्नो राँगोको वीर्यबाट मासिक लाखौं कमाइ गरिरहेका किसानको नाम हो मोंगकोल मोंगफेट । उक्त बहुमूल्य वीर्यधारी राँगोको नाम बिग बिलियन हो । उनले आफ्नो राँगोलाई विभिन्न प्रदर्शनी तथा प्रतियोगितामा पनि लैजाने गर्दछन्, जहाँ बिग बिलियनले धेरैपटक पुरस्कार जितिसकेको छ ।

मोंगफेटसँगै यस्तै जातका २० वटा राँगा र भैंसी छन् । कलासिन सहरमा बस्ने मोंगकोलका अनुसार बिग बिलियनलाई खरिद गर्न चाहने मानिसको ताँती छ । एक जना किसानले त उक्त राँगोका लागि १२ करोड रुपैयाँ दिने प्रस्ताव गरेका थिए, तर उनले बेचेनन् । मोंगकोलले उक्त राँगो करिब १९ लाख रुपैयाँ मूल्यमा किनेका थिए । तर त्यो राँगाले उसको कुल मूल्यको दुई गुणा रकम त हरेक महिना नै कमाइदिने गरेको छ ।

एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार