भूकम्पले कक्षाकोठा भत्काएपछि बझाङका दुई विद्यालयमा पठनपाठन प्रभावित

भूकम्पले कक्षाकोठा भत्काएपछि बझाङका दुई विद्यालयमा पठनपाठन प्रभावित

बझाङ : बाजुरा केन्द्रबिन्दु भएर मॅगलवार गएको ५.९ रेक्टर स्केलको भूकम्पका कारण जय पृथ्वी नगरपालिका ४ का दुई ओटा विद्यालयमा क्षति पुगाउँदा पठनपाठनमा समस्या भयको छ । वडा नॅ ४ को वाल विकास मा वि गोलाईका ४ ओटा कोठा भूकम्पले क्षति पुगाएपछि विद्यार्थीलाई समस्या भयको छ। 

विद्यालयको टिनले छाएको दुई तले  भवनको माथिल्लो तलामा रहेका कक्षाकोठाका भित्ताहरू भत्केर डेस्क बेन्चमा समेत क्षति भयको छ ।  भने तल्लो तलाका कोठाहरू पनि चर्केका छन्  ।

भूकम्पले भित्र पट्टिका भित्ताहरू सबै भत्केकाले विद्यार्थीलाई बस्नको लागि समस्या भयको विद्यालयका प्रधानाध्यापक केश बहादुर खातीले बताउनु भयो ।   

उहाँले भन्नुभयो -“भूकम्पले पक्की भवनमा समेत चिरा परेका छन्  टिनले छाएको कच्ची भवन भने अधिकांश भत्किएको छ  यस्तो अवस्थामा विद्यार्थीलाई कसरी कक्षाकोठामा राख्ने ।विद्यालयमा रहेका ४ ओटा कोठामा भित्ता भत्किएका छन् अर्को दुई तले पक्की भवन पनि चर्किएको छ। भित्र राखेर पढाउन जोखिम छ । विद्यालयको कार्यालय तथा लेखा शाखामा समेत भूकम्पले क्षति गरेपछि जोखिम झन् बढेको विद्यालयले जनाएको छ  ।त्यसै गरी  नगरपालिकाको वडा नॅ ४ गडखेतमा रहेको  भवानी सामुदायिक प्राथमिक विद्यालय को एक कोठा पूर्ण रूपमा क्षति भयको छ ।  भने पक्की भवन समेत चर्किएको छ ।टिनले छाएको चार कोठा मध्ये १ कोठा पूर्ण रूपमा क्षति भयको तथा अन्य ३ ओटा कोठाहरूमा समेत बस्न नमिल्ने गरी जोखिम बढेको विद्यालयकी प्रधानाध्यापक देवकी जोशीले बताउनुभयो । ५ कक्षासम्म सॅचालित उक्त विद्यालयमा कक्षाकोठा पूर्ण रूपमा भत्किएपछि पठनपाठनमा समस्या भयको छ ।

प्रधानाध्यापक जोशीले  भन्नुभयो  – “साना बच्चा बच्ची छन् अव कसरी पठनपाठन गराउने  समस्या छ ।कक्षाकोठा अभावमा अव खुला चौरमा विद्यार्थीलाई पढाउनु पर्ने अवस्था आएको अभिभावक पूर्ण प्रसाद उपाध्यायले बताउनु भयो  ।  भूकम्पका कारण नगरपालिकाको जालपा माध्यमिक विद्यालयमा समेत कक्षाकोठाहरू चर्केर जोखिम बढेको विद्यालयले जनाएको छ ।यसै बिच भूकम्पले नगरपालिका वडा नॅ ४ खातीवाडा,गोलाई,गडखेत,विउराडी लगायतका गाउँका झण्डै २०० भन्दा बढी घरहरू चर्किएर जोखिम बढेको छ ।  अधिकांश स्लेटले छाएका घरहरू चर्केका छन् भने केही ठाउँमा पक्की पिलर वाला घर समेत नराम्ररी चर्केका छन् ।

स्थानीय राजेन्द्र खातीले भन्नु भयो  “ऐले सम्म त यस क्षेत्रका घरहरू चर्केका मात्र छन् । अव यस्तै अर्को कम्प आए घरहरू भत्कन सक्ने जोखिम बढेको छ, अव सबैले आफू कसरी सुरक्षित रहने भन्ने बारे पूर्व तयारी गर्नु पर्छ  ।” मॅगलवार आएको भूकम्पले बझाङका विभिन्न ठाउँमा सैयौ घरहरू तथा  केही विद्यालयहरू चर्केर जोखिम बढेको छ ।स्थानीयहरूले भत्केका संरचना मर्मत तथा चर्केका संरचनाको उचित व्यवस्थापन एवं राहत प्रदान गरेर सम्भावित जोखिम घटाउन पहल थाल्नुपर्ने बताएका छन् ।

तस्बिर : नरेन्द्र उपाध्यायको फेसबुकबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार