SKIP THIS

S.P.A  Collage

विभिन्न प्रतिस्पर्धामा अब्बल सावित हुँदै धनगढीको ‘एनड्ब्लुए’ अध्ययन गरेका विद्यार्थी

धनगढी : पोखरा विश्वविद्यालयबाट व्याचुलर अफ होटेल म्यानेजमेन्ट र व्याचुलर अफ बिजनेस एड्मिनिस्ट्रेसन इन बैङ्किङ एन्ड इन्स्योरेन्स कार्यक्रमबाट सम्बन्धन प्राप्त सुदूरपश्चिमकै पहिलो कलेज नेपाल वेस्टर्न एकेडेमीमा अध्ययन गरेका विद्यार्थी विभिन्न प्रतिस्पर्धामा अब्बल नतिजा हासिल गर्न थालेका छ्न ।
एनडब्लुएमा (बि बि ए – बि आइ) उतिर्ण विद्यार्थी संदेश जैसी र राजेन्द्र बि क ले राष्ट्रिय बाणिज्य बैंक को चौथौ तह को सहायक पदमा सफलता पुर्बक नाम निकालेका छन् । यस अवसरमा कलेज परिवारले गर्ब महसुश गरको कलेजका एकेडेमिक डाइरेक्टर भिम बहादुर चौधरी ले बताए ।
यस्तै, यसै कलेजका छात्र रामचन्द्र जोशीले पनि पोखरा विश्वविद्यालय को (एमबिए प्रोग्राम)मा छात्रवृति पाउन सफल भएको मा कलेज परिवार ले बधाई तथा सुभकामना दिएको छ। भने होटेल म्यानेजमेन्ट बिषय तर्फ पनि विगतमा भन्दा हालका वर्षमा कलेजले धेरै राम्रो व्यवस्थापनका साथ ईन्टरनसिप पठाउने गरेको र आफूहरूले सोचे भन्दा राम्रो व्यवस्थापनमा इन्टर सिप गरिरहेको दुबईको अमेड फोर्स अफिस एण्ड होटेल मा इन्टर्नसिप गरिरहेका विद्यार्थी हरिशंकर जोशीले बताए ।
विदेशका होटेलमा इन्टर्नसिप गर्दै जाँदा बिद्यार्थीहरुलाई थुप्रै अवसर पनि दिने गरेको छ । मलेसियामा इन्टर्नसिप गर्दागर्दै आफ्नो बाट प्रभावित भएर आफूले सोही होटेल मै इन्टर्नसिप पाएको काम गरिरहेकी पूर्व विद्यार्थी प्रकृति धामीले बताइन ।
कलेजले विएचएमका साथै पछिल्लो समयमा विद्यार्थीको आकर्षण तथा रोजाईमा रहेको विविए–विआई विषयको अध्ययन गराइरहेको छ। प्राविधिक तथा सिपमुलक शिक्षा आजको युगको अनिवार्य आवश्यकता भएको हुदाँ यस्ता विषयहरुमा कलेज ब्यवस्थापन उत्कृष्ट नतिजा दिन तयार रहेको कलेजका एकेडेमीका डाइरेक्टर भिम चौधरीको भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार