सुरु भयो कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा

सुरु भयो कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा

गुलरीया : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा न.५ मा रहेको कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु गरिएको छ । बुधबार स्वास्थ्य चौकीको सभाहलमा एक औपचारीक कार्यक्रका बीच स्वास्थ्य चौकी इञ्चार्जलाई खोप हस्तान्तरण गर्दै नगरप्रमुख हेमराज ओझाले रेबिज रोग विरुद्धको खोप सेवा शुभारम्भ गरेका हुन ।

सेवा शुभारम्भ गरेपछि नगरप्रमुख ओझाले कृष्णबासीले रेबिज रोग विरुद्धको खोप सेवा लिन नगरपालिका बाहिर जानुपर्ने झण्झटलाई मध्यनजर गर्दै कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु गरेको बताए ।

उनले नगरपालिका बाहिर सेवा लिन जाँदा आफ्ना नागरीकले कहिल्यै चिकित्सक नभेट्ने,कहिले समयमै अस्पताल नपुग्ने र सेवा लिन पनि मालाखेती अस्पताल,सेती प्रादेशिक अस्पताल धनगढी वा महाकाली अस्पताल जानुपर्ने बाध्यता रहेकाले पनि आफूले विभिन्न निकायसँग समन्वय गरेर रेबिज रोग विरुद्धको खोप सेवा कृष्णपुर स्वास्थ्य चौकीमा शुभारम्भ गरेको बताए । आफू निस्वार्थ रुपमा जनताको सेवा गर्न कटिबद्ध रहेको भन्दै नगरप्रमुख ओझाले समृद्ध कृष्णपुर बनाउने अभियानमा सबैलाई साथ दिन आग्रह समेत गरे ।

रेबिज रोग विरुद्धको खोप सेवा शुभारम्भ कार्यक्रममा बोल्दै कृष्णपुर स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एंव वडा न.५ का अध्यक्ष टेक पाण्डेले नगरप्रमुख ज्यूको स्वास्थ्य र शिक्षालाई आमुल परिवर्तन गर्ने योजनालाई सबैले साथ दिनुपर्ने बताए । उनले धेरैजसो विरोध मात्रै गर्ने नकारात्मकतातिर मात्रै ध्यान दिने गरेको भन्दै राम्रो काम जसले गरेपनि मुक्तकण्ठले प्रशंसा गर्नसक्नुपर्ने बताए । त्यस्तै वडा न.७ का अध्यक्ष घुम्मन रानाले नगरप्रमुख ज्यूले पालिका समृद्धका लागि गर्नुभएको अभियानमा आफू काँधमा काँध मिलाएर हिड्न तयार बताए ।

  • नमुना स्वास्थ्य चौकीको रुपमा अगाडी बढ्दै कृष्णपुर

कृष्णपुर नगरपालिकाको सदरमुकाम गुलरीया बजार क्षेत्रमै रहेको स्वास्थ्य चौकी नमुना स्वाथ्य चौकीको रुपमा अगाडी बढ्न थालेको छ । नगरपालिकाको कार्यालयसँगै जोडिएको उक्त स्वाथ्य चौकीमा चिकित्सक सहितको सेवा पाउन थालेपछि पछिल्लो समय सेवाग्राहीको भिड लाग्ने गरेको छ ।

आफ्नै घर अाँगनमा चिकित्सक सहितको सेवा पाएपछि आफू एकदम खुशी भएको स्थानीय नविना कठायतले बताइन । त्यस्तै वडा न.५कै सेवाग्राही अनिता बिकले सुरुमा स–सानो स्वास्थ्य समस्या पर्दा पनि आफूहरु धनगढी,महेन्द्रनगर जाने गरेको भएपनि अहिले भने अत्यन्तै सजिलो भएको बताउँछन ।

२०५० सालमा उपस्वास्थ्य चौकीको रुपमा स्थापना भएको कृष्णपुर स्वास्थ्य चौकीमा हाल २४औं घण्टा आकस्मिक सेवा प्रदान गर्दै आएको छ । दर्ता पुर्जा,निशुल्क प्रयोगशाला सेवा,चिकित्सक सहितको ओ.पी.डी.सेवा,निशुल्क औषधी,सुत्केरी महिला तथा जेष्ठ नागरीकलाई निशुल्क एम्बुलेन्स सेवा ,उपमेयर सुत्केरी स्याहार कार्यक्रम,बाल स्वास्थ्य कार्यक्रम,गर्भवतीलाई निशुल्क झुल वितरण,निशुल्क रगत,आमा स्वास्थ्य कार्यक्रम,नागरीक आरोग्य सेवा केन्द्र (आयुर्वेद) सञ्चालनमा रहेको छ ।

हाल २२ जना कर्मचारी सहित सेवा दिदै आएको कृष्णपुर स्वास्थ्य चौकीलाई आइ.सी.यु.सहितको सुविधा सम्पन्न नगर अस्पताल बनाउने योजना रहेको नगरप्रमुख हेमराज ओझा बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार