धनगढीको मञ्जुश्री फाइनान्स लिमिटेड शाखाले रक्तदान कार्यक्रम आयोजना गर्दै

गणतन्त्र दिवसको अवसर पारी धनगढीको मञ्जुश्री फाइनान्स लिमिटेड शाखाले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

धनगढी : गणतन्त्र दिवसको अवसर पारी धनगढीको मञ्जुश्री फाइनान्स लिमिटेड शाखाले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । यही जेठ १५ गते उक्त रक्तदान कार्यक्रम आयोजना गरिन लागेको हो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागेको फाइनान्सका धनगढी शाखा प्रमुख हेमराज बिनाडीले बताएका छन् ।

त्यस्तै, शाखा प्रमुख बिनाडीले १५ जेठ (सोमबार) फाइनान्सले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सहभागी हुनसमेत फाइनान्सका ग्राहक एवं सबैमा अनुरोध गरेका छन् ।

भने गणतन्त्र दिवसको अवसरमा देशभरका विभिन्न जिल्लाहरुमा पनि रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बिनाडीको भनाई छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार