आव २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महत 

आव २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महत 

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट प्रस्तुत गर्दैछन् । अर्थमन्त्री महतले आज प्रस्तुत गर्ने बजेट नेपालको ७६औं बजेट हो ।

नेपालमा वि.सं २००८ सालदेखि बजेट सार्वजनिक गर्ने प्रचलन भएको हो । तत्काली अर्थमन्त्री सुवर्णशमशेर राणाले नेपालको पहिलो बजेट ल्याएका थिए । तत्कालीन अर्थमन्त्री सूवर्ण शमशेर राणाले संसदमा ५ करोड २५ लाख २९ हजार रूपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

चालू वर्ष १७ खर्ब ९३ अर्बको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब हारहारीकै बजेट ल्याउँदै । नेपालमा संविधान जारी हुनुअघि असार मसान्तमा बजेट सार्वजनिक गर्ने चलन थियो । तर, २०७२ असोज ३ गते संविधान जारी भएपछि जेठ १५ गतेलाई बजेट सार्वजनिक गर्नुपर्ने दिनको रूपमा तोकिएको छ ।

सरकारले आगामी वर्ष गर्ने खर्च र सो खर्च व्यहोर्ने स्रोतसहित आयव्ययको विवरण बजेटमार्फत् सार्वजनिक हुन्छ । सरकारले खर्च गर्ने स्रोतमा सबैभन्दा ठूलो स्रोत राजस्व हो । यस्तै वैदेशिक ऋण तथा अनुदान र आन्तरिक ऋण सरकारले आगामी वर्ष कति उठाउने लक्ष्य लिएको छ सोबारे जानकारी गराउनेछन् ।

संकटमा परेको अर्थतन्त्र उकास्न महतले यस पटक खर्च कटौती गर्ने बताउँदै आएका छन् । साथै चालू वर्षको भन्दा आगामी बजेटको आकार कम हुने अर्थमन्त्री स्वयंमले बताउँदै आएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार