नियम विपरीत बालबालिकालाई राख्ने वा जाेखिमपूर्ण श्रममा लगाउनेलाई महानगरले कारबाही गर्ने

काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office

काठमाण्डाै : काठमाण्डौ महानगरपालिकाले नियम विपरीत बालबालिकालाई राखेको वा जोखिमपूर्ण श्रममा लगाएको पाइएमा कारबाही गर्ने भएको छ ।

 महानगरले आज मङ्गलवार सार्वजनिक सूचना निकालेर महानगरभित्र कोही कसैले कानुन विपरीत हुने गरी बालबालिकालाई श्रममा संलग्न गराएको र १४ देखि १८ वर्ष उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रममा खटाएको भएमा १५ दिनभित्र जानकारी दिन पनि अनुरोध गरेको छ । नियम विपरीत घर तथा होटल, ग्यारेज, गाडी, कलकारखानामा बालश्रम गराएको भएमा/भेटिएमा महानगरको सामाजिक विकास विभागमा जानकारी दिन सकिनेछ । कोही कसैले आफ्नो घरमा वा साथमा राखेको भएमा विभाग, वडा कार्यालय वा महानगर एप केएमसी एपमार्फत १५ दिनभित्र नियमअनुसार सूचीकरण हुन पनि आग्रह गरिएको छ ।

सूचनाअनुसार १५ दिनभित्र सूचीकृत हुन नआएमा घरेलु बालश्रम राखेको मानेर प्रचलित कानुनअनुसार कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

बालश्रम निषेध गर्ने ऐन २०५६ को दफा ५ अनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको बालश्रममा लगाउन नपाइने र १८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन प्रतिबन्ध गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार