अछामको चौरपाटी गाउँपालिका एक महिना देखी लेखापाल बिहीन

अछामको चौरपाटी गाउँपालिका

अछाम : चौरपाटी गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प भएको छ । पालिकाका लेखापाल अर्जुन प्रसाद जोशी एक महिना अघि सरुवा भएपछि कामकाज रोकिएको हो ।

असार मसान्त नजिकिँदै गए पनि पालिकामा लेखापाल नहुँदा योजनाको भुक्तानीदेखि कर्मचारीको तलब निकासामा समस्या भएको छ । बिहीबार आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट तथा कार्यक्रमको सार्वजनिक समीक्षा कार्यक्रममा बोल्दै चौरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउँदले लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प भएको जानकारी दिए ।

उनले अहिलेसम्म ७० प्रतिशत भन्दा बढी खर्च भएको देखिन्थ्यो तर एक महिनादेखि लेखापाल नहुँदा ५२ प्रतिशत मात्रै बजेट खर्च भएको बताए ।

चौरपाटी गाउँपालिकाले लेखापाल नपाउने स्थिति रहेको बताए । उनले भने, ‘मैले धेरै लेखापाल, कोलेनिका हाकिम, सिडिओ सावसँग कुरा गर्दा पनि फलानो स्थानी तहमा छ भन्छन् तर उहाँहरूले पहिलो दिन आउँछु भन्छन् दोस्रो दिन यहाँको वातावरण बुझेर हो वा केही हो यही ठिक छ हजुर भन्छन् ।’

उनले अहिले लेखापाल नहुँदा ऋण निकालेर काम गर्नु परेको अवस्था आएको बताए । असार मसान्त नजिकिँदै गए पनि पालिकामा लेखापाल नहुँदा योजनाको भुक्तानीदेखि कर्मचारी तलब निकासामा समस्या भएको उनको भनाई छ ।

पालिकामा सञ्चालित योजनाको अन्तिम भुक्तानी लिन उपभोक्ता समितिका पदाधिकारीहरू फाइल बोकेर आउने गरे पनि रित्तो हात फर्किने गरेको बताइएको छ । लेखापाल नहुँदा पालिकाको बजेट निर्माणमा पनि समस्या आएको गाउँपालिकाका अध्यक्ष साउदले बताए । यस्तै उनले सामाजिक सञ्जालमा भ्रामक प्रचार नगर्नसमेत आग्रह गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार