SKIP THIS

S.P.A  Collage

भारतमा मजदुरीका लागि गएका अछामका साउँदको हत्याको आरोपमा एक जना पक्राउ

भारतमा मजदुरीका लागि गएका अछामका एक जनाको हत्याको आरोपपमा एक जना पक्राउ

अछाम : भारतमा मजदुरीका लागि गएका अछामका एक जनाको हत्या भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका-१ का झुसे साउँदको पञ्जाबको लुधियानामा हत्या भएको हो ।

भारतको पञ्जाबमा बसेर मजदुरी गर्दै आएका साउँदको त्यहीँ हत्या भएको परिवारले जनाएको छ । केही दिनदेखि वेपत्ता भएका साउँदको ४/५ दिनपछि हत्या गरिएको अवस्थामा शव भेटिएको बताइएको छ ।

उनको के कारणले हत्या गरिएको हो भन्ने खुलेको छैन् । परिवारले दिएको जानकारी अनुसार पञ्जाव प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सोही गाउँपालिकाकै वडा नम्बर ३ का एक जनालाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । यता आफ्न्तले भने हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार