निजामती कर्मचारीलाई टिकटक बनाउन रोक, उच्छृङ्खल भएको आरोप

Tik Tok Banned

काठमाडौं : निजामती कर्मचारीहरुले अब टिकटक बनाउन नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको गुनासो आएको भन्दै टिकटक बनाउन रोक लगाएको हो ।

कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यदि निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइए अनुशासन नियम अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार