देशभर लम्पी स्किनको संक्रमणबाट २१ हजार पशु मरे

लम्पी स्कीन

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले ७६ जिल्लामा लम्पी स्किन रोगबाट महामारी फैलिएको र त्यसबाट ६ लाख आठ हजार पशु सङ्क्रमित हुँदा २१ हजार ४०० भन्दा बढी पशुको मृत्यु भइसकेको जानकारी दिएका छन्। 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा मन्त्री भुसालले महामारीकै रूप लिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोपको व्यवस्था भइरहेको र सिड भाइरस ल्याएर खोप उत्पादन गर्ने सोच रहेको पनि जानकारी दिए। 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले पशु सेवा विभागले ‘कन्ट्रोल रुम’ खडा गरेर लम्पी स्किन रोगको जानकारी लिँदै आएको र यस रोगविरुद्धको खोप एक लाख ३० हजार पशुलाई दिइएको बताए। उनले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका १० वटा कार्यक्रमको बजेट शून्य हुँदा १५० कार्यालय प्रभावित भएकोसमेत बताए। 

किसानलाई आवश्यक मल खरिदका लागि सरकारले  ३० अर्ब सुनिश्चत गरिसकेको जानकारी दिँदै मन्त्री भुसालले मूल्य र कच्चा पदार्थका कारण मल कारखाना खोल्ने निष्कर्षमा नपुगेको तर मल कारखानाको अध्ययन गर्न तीनवटा कम्पनीले गरिरहेको बताए।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि मन्त्रालयसँग सम्बन्धित विषयमा देखिएको समस्या र समाधानका सम्बन्धका कृषि तथा पशुपक्षी विकासमन्त्री र सचिवसँग छलफल गरेको हो । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार