‘टाइटानिक’ जहाजको भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाकाे ज्यान गयाे

'टाइटानिक' जहाजको भग्नावशेष हेर्ने पर्यटक बोकेको पनडुब्बी जहाज बेपत्ता

एटलान्टिक महासागरमा टाइटानिक जहाजकाे भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाकाे ज्यान गएकाे छ । अमेरिकी काेस्ट गार्डले यसकाे पुष्टि गरेकाे हाे ।

अमेरिकी काेस्ट गार्डका रियर एडमिरल जाेन मगरले पनडुब्बीकाे पाँच भाग टाइटानिक जहाजकाे एक हजार छ सय फिटमा फेला परेको पुष्टि गर्नुभयो । भेटिएको भग्नावशेष विपत्तिजनक विस्फोटसँग मिल्दोजुल्दो रहेको जनाइएकाे छ ।

टाइटानिक जहाजकाे भग्नावशेष हेर्न पर्यटक बाेकेर गएकाे पनडुब्बी जहाज गएकाे आइतवार बेपत्ता भएकाे थियाे ।

टाइटानिक जहाज सन् १९१२ को अप्रिलमा आफ्नो पहिलो यात्रामै आइसबर्गमा ठोक्किएपछि डुबेको थियो । त्यस बेला जहाजमा रहेका २२ सय जनामध्ये छ सय सात जनामात्रै बाँचेका थिए । समुद्रमा डुबेको जहाजको भग्नावशेष सन् १९८५ मा पत्ता लागेको थियो ।

केही वर्षदेखि टाइटनिक जहाजको भग्नावशेष देखाउन ओशनगेट कम्पनीले पनडुब्बीमार्फत पर्यटक लैजाने गरेकाे छ । कम्पनीले आठ दिनकाे प्याकेजका लागि प्रतिव्यक्ति साढे १ लाख डलर दिने गरेकाे छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार